कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काद्वारा राजीनामा

राजु चौधरी

काठमाडौँ — नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएका छन् । उनले बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै आजकै मितिबाट लागु हुने गरी राजीनामा दिएको बताए । 

आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काद्वारा राजीनामा

उनले भने, 'मैले राम्रो नियतले नै पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन पहल गरेको थिएँ । तर देशी/विदेशी शक्ति र अन्य समूहले म विरुद्ध खनिएर बद्नाम गरे ।'


उनले आफूलाई गत कात्तिकमा मन्त्रालयमा तानेर जिम्मेवारीबिहीन बनाएकोले यो पदमा बसिरहन उपयुक्त नभएको बताए । उनले भने, 'मलाई मन्त्रिपरिषद्ले हटाए पनि सर्वोच्चले मेरो लागि स्टे अडर जारी गरेको थियो । र, म हाजिर भएँ । हाजिर भएपछि पनि मलाई कुनै जिम्मेवारी दिइएन । मेरो मनोबल गिराउने काम भयो । त्यसैले मैले राजीनामा दिएँ ।'


उनले भर्खरै आपूर्ति मन्त्री मातृका यादवलाई राजीनामा पत्र बुझाउन गएका छन् ।


आयल निगममा हुँदा व्यापक अनियमितता गरेको आरोप लागेका खड्कालाई लागेको थियो । उनलाई इन्धन भण्डारणको लागि जग्गा खरिद गर्दा अनियमितताको आरोप लागेकाले निगममै राख्दा निगमको हित विपरित कार्य गर्न सक्ने भन्दै आपूर्ति मन्त्रालयले मन्त्रालयमा हाजिर गराउने निर्णय शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको थियो ।

उनको अझै ६ महिनाको कार्यकाल बाँकी नै थियो ।

प्रकाशित : जेष्ठ २४, २०७५ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?