द्वन्द्वका हत्यामा संलग्नलाई छाड्न हुँदैनः देउवा

रासस

भक्तपुर — नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वका हत्यामा संलग्नहरुलाई छाड्न नहुनेमा जोड दिएका छन् ।

बिहीबार सहिद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको छैटौँ स्मृति सभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण समारोहमा उनले द्वन्द्वका नाममा भएको हत्याका घटनामा संलग्नलाई कडा कारवाही हुनुपर्ने बताएका हुन् ।

Yamaha

पूर्वप्रधानमन्त्री देउवाले भने, 'प्रजातन्त्रका लागि लड्ने योद्धाका रुपमा रहनुभएका जोन्छेंमाथि द्वन्द्वका नाममा उहाँकै घरमा गएर गोली प्रहार गर्नु ठूलो अपराध हो, यस्ता अपराधीलाई कहिल्यै कसैले पनि छुट दिनुहुँदैन ।'

सभापति देउवाले सहिद जोन्छेंले छाडेर गएको काम सफल पार्नु र उनले अवलम्बन गरेको बाटो पछ्याउनु आजको आवश्यकता रहेको बताए ।

पूर्वसभामुख दमननाथ ढुङ्गानाले नेपाली कांग्रेसभित्रको गुटउपगुटको अन्त्य गरी एकढिक्का बनाएर लैजाने जिम्मेवारी पार्टी सभापति देउवाको भएको भन्दै यसमा पार्टी देउवा अग्रसर हुनुपर्नेमा जोड दिए ।

पार्टी जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले सहिद जोन्छेंले प्रजातन्त्र स्थापनमा पुर्‍याएको योगदानको चर्चा गरे । नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले नेपाली कांग्रेस कुनै पनि परिस्थितिको सामना गर्दै अगाडि बढ्ने र देशका लागि जस्तोसुकै मूल्य चुनाउन तयार रहने बताए ।

कानून आयोगका पूर्व अध्यक्ष बाबुराजा जोशी, प्रतिष्ठानका अध्यक्ष एवं प्रदेश नं ३ का प्रदेश सदस्य रजनी जोन्छेंलगायतले सहिद जोन्छेंको योगदानलाई पार्टी र देशले बिर्सन नहुनेमा जोड दिए । कार्यक्रममा प्रतिष्ठानले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै प्रमाणपत्रहरु प्रदान गरेको थियो ।

प्रकाशित : जेष्ठ २४, २०७५ १३:११
प्रतिक्रिया
पठाउनुहोस्

जिप दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

कान्तिपुर संवाददाता

ओखलढुंगा — ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ स्थित भँडारे खोलामा ना १ ज ४९५० नम्बरको जिप बिहिबार दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिप बाटोको मोडबाट खस्दा दुईजनाको मृत्यु भएको प्रत्यक्षदर्शी मिनकुमार धमलाले टेलिफोनमा बताए ।

घटनास्थलमा प्रहरी र स्थानीयले उद्दार गर्ने क्रममा एक पुरुष र एक महिला गरी दुईजनाको मृत्यु शव भेटिएको धमलाले बताए । थप दुईजना गम्भीर घाइते अवस्थामा भेटिएका छन् । उनीहरुलाई उपचारका लागि उदयपुरको घुर्मीतर्फ पठाइएको छ । घटनास्थल आसपासमा जम्मा दुई शव र दुई घाइते मात्र भेटिएकोले चालकसहित चारजनामात्र सवार रहेको अनुमान गरिएको छ ।

विस्तृत विवरण आउन समय लाग्ने जिल्ला प्रहरीका डिएसपी अनन्तराम शर्माले बताए । दुवै घाइते बोल्न नसक्ने अवस्थाको भएकोले जिप घाईते र मृतकको विवरण तथा जिप कुन ठाउँका लागि गएको भन्ने बारे जानकारी आइनसकेको प्रहरीले जनाएको छ । जिप काठमाडौतिर हिँडेको वा ओखलढुंगाबाट गएको भन्ने समेत टुंगो लागेको छैन ।

प्रकाशित : जेष्ठ २४, २०७५ १२:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT