कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

एकचालीस राहदानीसहित पक्राउ

काठमाडौँ — महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले विदेश पठाउने नाममा अवैध रुपमा राहदानी संकलन गरेको भन्दै एकजनालाई पक्राउ गरेको छ ।

एकचालीस राहदानीसहित पक्राउ

प्रभागको टोलीले कामनपा–२६ मित्रनगरमा रहेको होटल स्वर्गद्वारीबाट ४१ राहदानीसहित होटल सञ्चालक प्रेमबहादुर विकलाई बुधबार राति पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।


प्रभागका प्रमुख मोहनविक्रम केसीले म्यानपावर व्यवसायीसँग मिलेर लाखौँ कमाउने गरी विदेश जानका लागि होटलमा आएका व्यक्तिसँग राहदानी संकलन गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए ।


प्रभागले गोङ्गबु नयाँ बसपार्क क्षेत्रका अरु होटल तथा रेष्टुरेन्टमा पनि तत्काल अनुसन्धान गरिने बताएको छ । विकलाई थप अनुसन्धानका लागि राहदानीसहित वैदेशिक रोजगार विभाग पठाएको केसीले बताए ।


प्रकाशित : जेष्ठ २४, २०७५ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?