१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आर्थिक क्षेत्रमा १० वर्षभित्रै क्रान्तिकारी परिवर्तन : दाहाल 

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आगामी दस वर्षमा देशको आर्थिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन सम्भव रहेको बताएका छन् । 

आर्थिक क्षेत्रमा १० वर्षभित्रै क्रान्तिकारी परिवर्तन : दाहाल 

बिहीबार राजधानीमा साना तथा मझौला व्यवसायी महासंघको १५औँ स्थापना दिवसको उद्घाटन गर्दै अध्यक्ष दाहालले देशमा भएको स्रोत साधन र जनशक्तिको सहि परिचालनबाट आर्थिक क्षेत्रमा ठूलो क्रान्तिकारी परिवर्तन सम्भव रहेको बताए ।


अहिलेको सरकारसँग दुईतिहाई बहुमत रहेको बताउदै अध्यक्ष दाहालले लामो समयपछि देशमा आर्थिक विकासका निम्ति राजनीतिक वातावरण तयार भएको उल्लेख गरे । सरकार र सबै राजनीतिक दलहरुले स्थिरता, सुशासन र आर्थिक विकासलाई आफ्नो मूल एजेण्डा मानेको दाहालको भनाइ छ ।


मुलुकको आर्थिक विकासका लागि सरकारले छिमेकी मुलुकहरुसँग सन्तुलित सम्बन्ध विकास भएको दाहालले बताए ।


नेपालका प्रधानमन्त्रीको भारत भ्रमण र भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण र केही समयपछि हुन लागेको नेपालका प्रधानमन्त्रीको चीन भ्रमण र चीनबाट नेपालमा हुने उच्चस्तरीय भ्रमणहरुमा आर्थिक विकासलाई नै मुख्य एजेण्डा बनाइएको उनको भनाइ थियो ।


देशमा स्थितरता र सुशान,उद्योग र व्यवसाय,रोजगारीको वातवरण भएपछि मात्र विदेशीका युवाहरु स्वदेश फर्काउन सम्भव हुने अध्यक्ष दाहालले दाबी गरे ।


उनले साना तथा मझौला उद्योगले आर्थिक विकास, समृद्धि र रोजगारी सृष्टिको आधार रहेको बताए ।

प्रकाशित : जेष्ठ २४, २०७५ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?