१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सशस्त्र प्रहरी जवानको शंकास्पद मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीको पकलीस्थित पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल बराह बाहिनीमा कार्यरत एक जवानको शंकास्पद मृत्यु भएको छ । 

सशस्त्र प्रहरी जवानको शंकास्पद मृत्यु

पकलीबाट झापाको अर्जुनधारा नगरपालिकामा विपद् पूर्व तयारी तथा खोज उद्धार सम्बन्धि सैद्धान्तिक तालिमका लागि गएको बेला खोटाङको दिप्लुङ ७ घर भएका २६ वर्षीय प्रहरी जवान अर्जुन बस्नेतको मृत्युु भएको प्रहरीले जनाएको छ ।

बस्नेतको मृत्युको कारण अझै खुल्न सकेको छैन । अचेत अवस्थामा उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । प्रतिष्ठानको आकस्मिक कक्षमा पुर्‍याए लगतै चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए ।

उनलाई स्थानीय होटल बाहिर बिहीबार विहान अचेत भएर लडिरहेको अवस्थामा फेला पारेका थिए । सशस्त्र प्रहरी निरीक्षक उत्तम बस्नेतको कमाण्डमा उनी सहित ११ जना झापाको अर्जुनधारा गएका थिए ।

प्रकाशित : जेष्ठ २४, २०७५ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?