१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सय रुपैयाँ बक्यौताले लियो बृद्धको ज्यान

पवन यादव

निजगढ — अहिलेको समयमा एक सय रुपैयाँले खासै महत्व राख्दैन । एक सय रुपैयाँले सामान्य खाजा पाउन समेत मुश्किल पर्छ । तर, एक सय रुपैयाँको लेनदेनको विषयमा कलैया उपमहानगर पालिका १२ विश्वम्भरपुरमा दुई पक्षबीच भएको झडपले एक बृद्धको ज्यान लिएको छ ।

सय रुपैयाँ बक्यौताले लियो बृद्धको ज्यान

अहिलेको समयमा एक सय रुपैयाँले खासै महत्व राख्दैन । एक सय रुपैयाँले सामान्य खाजा पाउन समेत मुश्किल पर्छ । तर एक सय रुपैयाँको लेनदेनको विषयमा कलैया उपमहानगर पालिका १२ विश्वम्भरपुरमा दुई पक्षबीच भएको झडपले एक बृद्धाको ज्यान लिएको छ ।


कुरा सय रुपैयाँ बक्यौताको हो । मैनेजर प्रसाद साहको खेतमा मख्खन साहको पम्पसेटबाट पानी हालिएको थियो । त्यसबापत मैनेजरले मख्खनलाई सय रुपैयाँ दिन बाँकी थियो । बुधवार साँझ मख्खनले मैनेजरसंग उक्त रकम मागेका थिए । ‘मख्खनले पैसा तिरेर जान भनेपछि वादविवाद भएको थियो,’ एक स्थानीयले भने, ‘त्यही विवाद बढेर हात हालाहाल हुन पुग्यो ।' त्यही बेला मख्खनका छोरा २० वर्षीय दिपक साहले आक्रोशित भई बासको चिरपट झिकेर मैनेजरको टाउकोमा प्रहार गरेको स्थानीयले बताएका छन् ।


चिरपट प्रहारबाट गम्भीर चोट लागेका ६५ वर्षीय मैनेजरलाई कलैया अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागी बीरगंज पुर्‍याईएको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि राजधानीस्थित न्यूरो अस्पताल पुर्‍याईएको थियो । उपचारको क्रममा बिहीबार काठमाडौंमै उनको मृत्यु भएको परिवारले जनाएको छ । मृतकको शव अन्तिम संस्कारका लागि राजधानीबाट घर कलैया ल्याउँदै गरेको आफन्तले बताए ।


घटनापछि पीडक पक्ष स्थानीय मख्खन साह कानु, उनको २० वर्षीय छोरा दिपकलगायत परिवारका अधिकांश सदस्य घर छाडेर भागेका छन् । घटनामा संलग्नहरु फरार रहेको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रन्जित सिंह राठौरले बताए ।

खेतमा सिचाई गरेवापतको रकम मध्ये एक सय रुपैयाँ लेनदेनको विषयमा दुबै पक्षबीच भएको सामान्य वादविवादले उग्र रुप लिंदा उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सय रुपैयाँको लागि भएको वादविवादमा ज्यानै जानु अमानवीय कार्य भएको नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले बताए ।


‘सामान्य लेनदेनमा यस्तो घटना हुनु दु:खद हो,’ उनले भने, ‘सामान्य वादविवादमा आवेशलाई रोक्न नसक्दा बृद्ध मैनजरले ज्यान गुमाए ।’


प्रकाशित : जेष्ठ २४, २०७५ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?