२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

आयोगको पत्रले राजपामा तनाव

एक महिनाभित्र महाधिवेशन गरेको जानकारी पठाउनू : आयोग
घनश्याम खड्का

काठमाडौँ — निर्वाचन आयोगले एक महिनाभित्र महाधिवेशन गरेको जानकारी पठाउन पत्र लेखेपछि राष्ट्रिय जनता पार्टी (राजपा) मा एकाएक तनाव बढेको छ । 

आयोगको पत्रले राजपामा तनाव

आफैंले तोकेको म्यादभित्र अधिवेशन गर्न नसकेपछि अबको रजानीतिक दिशा कसरी तय गर्ने भन्नेबारे छलफल गर्न अध्यक्षमण्डल छलफलमा व्यस्त रहेका बेला शुक्रबार आयोगले पत्र पठाएपछि खैलाबैला मच्चिएको सचिवालयका एक सदस्यले बताए । ‘अबको एक महिनाभित्र महाधिवेशन गर्ने मिति सकिन्छ तर यो अवधिमा महाधिवेशन सम्भव छैन,’ एक सदस्यले भने, ‘अब हामीले निर्वाचन आयोगसँग ६ महिनाको थप समय मागेर महाधिवेशनका लागि तयारी गर्नुपर्नेछ ।’


आगामी अधिवेशसनसम्मका लागि राजपाले विधान बनाउने तयारी गरेको छ । त्यसैमाथि मंगलबारदेखि छलफल भइरहेको स्रोतले बतायो । विधान तयार पारेपछि बढीमा ६ महिनाभित्र महाधिवेशन गर्ने राजपाको तयारी छ । गत वर्ष असार २३ गते महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्तिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरतसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीले एकीकरण गरी नयाँ दल दर्ता गर्न आयोगमा निवेदन दिएका थिए । अयोगले असार ३० गते राजपालाई मान्यता दिएको थियो ।


नयाँ दलमा एक वर्षभित्र महाधिवेशन गरेर अध्यक्ष टुंगो लगाउने र त्यस समयसम्मका लागि ६ दलकै नेताको संयुक्त अध्यक्षमण्डलले सामूहिक नेतृत्व गर्ने तय भएको थियो । असार ३० गते त्यो मिति पुगे पनि समयभित्र महाधिवेशन गर्न राजपा असमर्थ भएपछि उसको वैधानिकतामा आयोगले चासो दिएको हो । स्रोतका अनुसार अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर तथा सदस्यहरू राजेन्द्र महतो, महेन्द्रराय यादव र शरतसिंह भण्डारीले संसदीय दलको नेता चुनिन चाहेका छन् । सके सर्वसम्मत, नसके चुनाव गराएर भए पनि तत्काल संसदीय दलको नेता चुनिने योजनामा उनीहरू रहेको एक सदस्यले जानकारी दिए ।


प्रकाशित : जेष्ठ २४, २०७५ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?