कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

छानबिन समिति गठन

रमेशचन्द्र अधिकारी

धनकुटा — सशस्त्र प्रहरी बल अरुण गुल्मको गाडीमा अवैधरूपमा सखुवाको काठ तस्करी गरिएकोबारे छानबिन थालिएको छ ।सशस्त्र प्रहरी बल पकलीस्थित वाहिनीका एसपी गुणाकर खनालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

छानबिन समिति गठन

समितिले घटनाबारे गहिराइमा पुगेर अनुसन्धान गर्ने वाहिनीका डीआईजी मन्दीप श्रेष्ठले दाबी गरे ।

‘शुक्रबारसम्ममा घटनाबारे सत्यतथ्य सार्वजनिक गरिनेछ,’ उनले भने, ‘जिम्मेवार व्यक्तिहरू छानबिन समितिमा रहेकाले घटनामा कसको संलग्नता रहेको हो भन्नेबारे निष्कर्ष आउनेमा ढुक्क छु ।’ घटनाबारे सत्यतत्य पत्ता लगाउन अरुण गुल्ममा पुगेको संयोजक खनालले बताए । छानबिन समिति सदस्यमा डीएसपी गमबहादुर क‘ुवर र निरीक्षक भोला खत्री छन् । गत सोमबार संखुवासभाको चैनपुरस्थित सशस्त्र प्रहरी बल अरुण गुल्मको गाडीमा लाखौं मूल्यका सखुवाको काठ तस्करी भएको थियो । संखुवासभा, तेह्रथुम र धनकुटाका प्रहरी चेक पोस्ट सजिलै पार गर्नुले घटनामा अन्य पक्षको पनि संलग्नता रहेको आशंका गरिएको छ ।

सशस्त्र प्रहरी बलको बा१झ १६६९ नम्बरको ट्रकमा राखेर धनकुटा हु‘दै सखुवाको करिब सात लाख मूल्य पर्ने एक सय क्युविक फिट काठ लगिँदै थियो । अन्य जिल्लामा निकासी प्रतिबन्धित सखुवाको काठ भेटिएपछि सशस्त्र प्रहरी बल छिन्ताङ गुल्मको मूलघाटस्थित चेक पोस्टले नियन्त्रणमा लिएको थियो । संखुवासभादेखि कैयौं स्थानमा सुरक्षा निकायको चेक पोस्ट पार गर्दै धनकुटासम्म पुग्दा तस्करीमा प्रयोग गरिएको सवारीसाधन कसरी उम्कियो भन्ने खुल्न सकेको छैन ।

सखुवाको काठसहित सवारीसाधन सशस्त्र प्रहरी मूलघाटका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक दुर्गा भट्टले नियन्त्रणमा लिएका थिए । उनले नियन्त्रणमा लिएकोबारे सशस्त्रको पकलीस्थित वाहिनीलाई तत्काल जानकारी गराएपछि मध्यराति नै वाहिनीबाट डीएसपी डम्बर विष्टको नेतृत्वको टोली घटनास्थल पुगेको थियो । विष्टको टोलीले बरामद गरिएका काठ मूलघाटमा छोडेर तस्करीमा प्रयोग गरिएको सवारीसाधन लिएर सशस्त्रको वाहिनी गएको स्रोतले जनाएको छ ।

घटनामा संलग्न ‘मुख्य व्यक्ति’ भनिएका सशस्त्र चैनपुरका डीएसपी रामप्रसाद भण्डारीले आफूले खराब नियतले उक्त कार्य नगरेको दाबी गरे । ‘मैले गलत मनसायले यस्तो कार्य गरेको होइन,’ उनले भने, ‘आफ्नो डिपार्टको काम भनेर सामान्य ठान्दा यस्तो अवस्था भयो ।’ उनले चैनपुरको सिस्ने सामुदायिक वनले सशस्त्रको टहरा बनाउन ती काठ उपलब्ध गराएको बताए । सशस्त्रले प्रयोग गर्ने सवारीसाधनमा राखेर फर्निचर बनाउन ती काठ विराटनगर पठाएको उनले स्वीकारे ।

घटनामा नेपाल प्रहरीको संलग्नता रहेकोबारे समेत आशंका उब्जिएको एक स्रोतको दाबी छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले हिले प्रहरी चौकीमा दुई घण्टा तस्करीमा प्रयोग गरिएको सवारीसाधन नियन्त्रणमा लिएर छाडेको बताए । उनले सशस्त्र चैनपुरका डीएसपी भण्डारीले भाइबरमा काठ ढुवानी गरिएकोबारे पत्र पठाइदिएपछि छाडेको दाबी गरे । तर प्रतिबन्धित काठ हचुवाको भरमा छोडिनुले घटना रहस्यमय बनाएको छ ।

जिल्ला वन अधिकृत कृष्णप्रसाद वस्तीले भने घटनाबारे कुनै जानकारी प्राप्त नभएको जानकारी दिए । कुनै पनि काठ तथा वन्यजन्तु वा वनस्पति नियन्त्रण तथा बरामद हँुदा वन कार्यालयलाई जानकारी दिनुपर्ने उनको तर्क छ ।

प्रकाशित : जेष्ठ २५, २०७५ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?