१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सिद्दार्थ राजमार्गमा पहिरोले अवरुद्ध

माधव अर्याल

पाल्पा — अविरल वर्षासँगै खसेको पहिरोले शुक्रबार बिहानै उत्तर–दक्षिण जोड्ने सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग बन्द भएपछि बिहानैदेखि सबै सवारी साधन ठप्प भएका छन भने यात्रुले पैदल हिँड्नसमेत सकेका छैनन् । 

सिद्दार्थ राजमार्गमा पहिरोले अवरुद्ध

राजमार्गको दोभान सिद्धबाबा झरना क्षेत्रमा र हेडबक्समा पहिरो खसेको छ । झरना नजिकै ढुंगा खसेपछि एक टिपर पहिरोमै अड्किएको छ । चालक सकुसल उद्धार गरिएको ट्राफिक प्रहरी कुलबहादुर श्रेष्ठले बताए । राजमार्गको सिद्धबाबा क्षेत्रमा ठूला ढुंगा खसेकाले वर्षा रोकिनासाथ हटाउन सुरु गरिने दोभान प्रहरी चौकीले जनाएको छ ।


पहिरोले राजमार्ग अवरुद्ध भएपछि बुटवलतर्फबाट आएका साना सवारी साधन बुटवलतिरै फर्केका छन् । पहिरो खसेको थाहा पाउनासाथ डोजर र लोडर मगाएको तर वर्षा नरोकिएकाले समस्या आएको प्रहरीले जनाएको छ । सडकमा पहिरो खसेपछि स्याङ्गजा, पोखरा, बाग्लुङ्ग, गुल्मी, अर्घाखाँची, जिल्लाकै विभिन्न स्थानबाट बुटवल हिडेका र वुटवलबाट यसतर्फ आएका अधिकांश सवारी साधन बाटोमै रोकिएका छन ।

प्रकाशित : जेष्ठ २५, २०७५ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?