१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

निमार्ण कार्यमा संलग्न ३ जनाको मृत्यु

बसन्तप्रताप सिंह

बझाङ — फरक फरक ठाउँमा भएका दुर्घटना परेर तीन जना मजदुरको मृत्यू भएको छ । दुई जनाको सडक निर्माणको क्रममा र एक जनाको खानेपानीको पाइपलाइन खन्ने क्रममा मृत्यू भएको हो ।

निमार्ण कार्यमा संलग्न ३ जनाको मृत्यु

चैनपुर ताक्लाकोट सडकको बस्टी रुपातोला खण्डमा काम गरिरहेको बेला तल्कोट गाउँपालिका ३ की २८ बर्षीया जुनकिरी चदारा र ४५ वर्षीया निरा रोकायाको सडक माथीबाट खसेको ढुङ्गा लागेर मृत्यू भएको हो ।

बिहिबार साँझ तल्कोट गाउँपालिका कै छिपछिपे पानी भन्ने ठाउँमा ग्याबिन जाली भर्ने काम गरि रहेका बेला अचानक माथीबाट खसेको ढुङ्गा लागेर घाईते भएका दुबै मजदुर महिलाको उपचारका लागि सदरमुकाम ल्याउदै गर्दा बाटोमा ज्यान गएको हो ।


उपचारका लागि जिल्ला अस्पताल ल्याउदै गर्दा अस्पतालमा नपुग्दै निरा रोकायाको मृत्यु भएको र जिल्ला अस्पतालबाट थप उपचारका लागि धनगढी रेफर गर्ने तयारी भैरहेको बेला जुनकिरी चदाराको ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै चनकिली गोलाई गडखेत खानेपानी आयोजनाको पाइपलाइन खन्ने क्रममा भिरबाट लडेर जयपृथ्वी नगरपालिका ४ गडखेतका ६० वर्षीय विण्णुभक्त उपाध्यायको ज्यान गएको थियो । नगरपालिकाकै तिमिल्या केलाभुई भन्ने भिरमा खानेपानीको पाइपलाइन खनिरहेका उपाध्याय चिप्लिएर लडे पछि घटना स्थलमा नै मृत्यू भएको उनका आफन्त नरेन्द्र उपाध्यायले बताए । उनी भिरबाट करिब ४ सय मिटर तल खसेर बजारिएका थिए ।


प्रकाशित : जेष्ठ २५, २०७५ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?