कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असार १५ भित्र ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन 

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकार दीर्घकालीन सोचसहित अघि बढ्नु पर्ने बताएका छन् ।

असार १५ भित्र ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन 

सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका विषयमा शुक्रबार सिंहदरबारमा मन्त्री तथा सचिवहरुलाई निर्देशन दिदै प्रधानमन्त्री देशमा लोकतन्त्र आइसकेको, जनताका अधिकार स्थापित भइसकेको अवस्थामा जनताका अपेक्षा पनि सरकारप्रति धेरै रहेको बताए ।


उनले जनअपेक्षा पुरा गर्न सबै मन्त्रालयले योजनाबद्ध ढंगले काम गर्नुपर्ने बताए । ‘यो सरकार पुजारी जस्तै होइन । बिहान उठ्ने मन्दिर जाने पुजा गर्ने, अनि भोलीपल्ट फेरि उँही रित दोहोर्‍याउने ।’ प्रधानमन्त्री ओलीले भने, ‘देशलाई हामीले नयाँ ढंगले अघि बढाउनु पर्छ । विगतको निरन्तरता मात्र होइन ।’


विकासप्रतिको नयाँ दृष्टिकोण बनाउनु पर्ने भन्दै उनले हरेक मन्त्रालयले के कस्ता कार्यक्रम सञ्चालन गर्ने, कसरी गर्ने त्यसका लागि असार १५ भित्र ठोस योजना लिएर आउन निर्देशन दिएका छन् । ‘असार २५ गते योजनाको बिषयमा ब्यापक छलफल गरेर साउन १ गते देखि कार्यन्वयन सुरु गर्नु पर्दछ,’ प्रधानमन्त्री ओलीले भने ।


उनले जनताको अपेक्षा सरकारले सबैथोक गरिदेओस् भन्ने भए पनि सरकारसंग त्यो सामथ्र्य नहुने भएकोले जनतालाई आफैं सक्षम बन्न सिकाउनु पर्ने उनले बताए ।


सरकारको नीति तथा कार्यक्रम र बजेटका बिषयमा असन्तुष्टि व्यक्त गर्नेलाई कामबाट जवाफदिनु पर्ने भन्दै प्रधानमन्त्री ओलीले सरकार सुशासनमा दृढ रहेकोले मन्त्री तथा सचिवलाई यसको प्रत्याभुति दिन निर्देशन दिएका छन् ।

प्रकाशित : जेष्ठ २५, २०७५ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?