प्रतिनिधिसभा नियमावली पारित : फौजदारी अभियोगमा पक्राउ परेका सांसद निलम्बन नहुने

मकर श्रेष्ठ

काठमाडौँ — प्रतिनिधिसभा सञ्चालन नियमावली पारित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले उक्त नियमावली बहुमतले पारित गरेको हो । 

प्रतिनिधिसभा नियमावली पारित : फौजदारी अभियोगमा पक्राउ परेका सांसद निलम्बन नहुने

फौजदारी अभियोगमा पक्राउ परेका सांसदलाई निलम्बन नहुने ब्यवस्थासहित प्रतिनिधिसभा नियमावली बहुमतले पारित गरेकाे हाे ।

यसअघि निलम्बनको ब्यवस्था हुनुपर्ने माग राख्दै संशोधन हाल्ने सांसदहरुले समेत संशोधन फिर्ता लिएपछि नियमावलीमा निलम्बन भन्ने शब्द नराखेको हो । यो ब्यवस्थाले फौजदारी अभियोगमा थुनामा रहेका सांसद माननीयकै रुपमा रहने भएको छ ।

निलम्बन हुनुपर्ने पक्षमा जनमोर्चाकी सांसद दुर्गा पौडेल, नेमकिपाका सांसद प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिङ्देनमात्रै थिए । नियमावली लामो समय विवाद भएर रोकिएको थियो ।

प्रकाशित : जेष्ठ २५, २०७५ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?