कार्यकारी राष्ट्रपति स्वीकार्दैनाैं : पौडेल

प्रताप रानामगर

काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकारी राष्ट्रपति व्यवस्था स्वीकार गर्न नसकिने बताएका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रुपमा कार्यकारी राष्ट्रपति व्यवस्था हुनुपर्ने बताएको प्रति नेता पौडेलले आपत्ति जनाए । 

कार्यकारी राष्ट्रपति स्वीकार्दैनाैं : पौडेल

तनहुँको बन्दीपुरमा शुक्रबार अकोराब ४ नम्बर प्रदेशको प्रथम साधरणसभालाई सम्बोधन गर्दै नेता पौडलले नेपालका लागि बहुलवादमा आधारित संसदीय व्यवस्था नै उपयुक्त भएको जिकिर गरे । 'प्रचण्डले कार्यकारी राष्ट्रपति व्यवस्थाको कुरा गरेर राजनीतिक विवाद उत्पन्न गर्न खोजेको छ', उनले भने, 'राजनीतिक विवादले देशलाई फेरि विकास हुनबाट रोक्छ ।' राजनीतिक विवादका कारण नेपालको विकास पछि परेको उनको तर्क छ ।


संविधानलाई अक्षरश पालना गरी लोकतान्त्रिक कार्यान्वयन गर्नुपर्छ । तर, दुई तिहाई बहुमतको बलमा कार्यकारी राष्ट्रपति व्यवस्था गर्न खोजे लोकतन्त्र खतरामा पर्ने उनले चेतावनी दिए । नेपालमा उत्कृष्ट संविधान जारी भएको छ । अब संविधान कार्यान्वयन गरी मुलुकलाई समृद्धि बनाउनुपर्नेमा नेता पौडेलले जोड दिए ।

प्रकाशित : जेष्ठ २५, २०७५ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?