कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सुन तस्करीका मुख्य लगानीकर्ता अग्रवालको घरमा प्रहरीको छापा, २२ लाख नगद बरामद

काठमाडौँ — सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका मोहन अग्रवालको घरमा प्रहरीले छापा मारेको छ ।
विशेष अनुसन्धान समितिले शुक्रबार अनामनगरस्थित अग्रवालको घरमा छापा मारेको हो ।

सुन तस्करीका मुख्य लगानीकर्ता अग्रवालको घरमा प्रहरीको छापा, २२ लाख नगद बरामद

त्यस क्रममा २२ लाख नगद, केही थान सुनको बिस्कुट, सुन ओसारपसारका लागि बनाइएका विशेष खालको ज्याकेट, दर्जन जति गाडीका साँचो, एउटा गाडी बरामद गरेको समिति संयोजक ईश्वरराज पौडेलले जानकारी दिए ।


त्यस्तै, केही थान कम्प्युटर, दर्जन मोबाइल सेट, विभिन्न बैंकका चेकबुक, केही थान इन्डियन सीमकार्ड र दुबई आउजाउका क्रममा ल्याइएको महागा रक्सी समेत बरामद गरिएको छ ।


करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणको प्रहरीले अनुसन्धान थालेपछि अग्रवाल फरार थिए ।

प्रकाशित : जेष्ठ २५, २०७५ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?