कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रामचन्द्र पौडेल भन्छन्, ‘संविधान संशोधनले अविश्वास बढाउँछ’

मधु शाही

काठमाडौँ — कांग्रेस नेता रामचन्द्र पौडेलले सरकारले संविधान संशोधनको बाटो छाड्नुपर्ने बताएका छन् । 

राजधानीमा शनिबार प्रा. पीताम्बर शर्मा दाहालको चौथो कृति ‘मेरो रिमरिमे सम्झना’ सार्वजनिक गर्दै नेता पौडेलले संशोधनले अविश्वास सिर्जना गर्ने उल्लेख गरे ।

रामचन्द्र पौडेल भन्छन्, ‘संविधान संशोधनले अविश्वास बढाउँछ’

‘यसलाई अब संविधान संशोधनतिर होइन, कार्यान्वयन गर्न लाग्छु पर्छ,’ उनले भने, ‘संशोधनका कुरा ल्याएर मुलुकमा अविश्वास सिर्जना गर्न वाम सरकारले पाउने छैन ।’ उनले अब संविधान संशोधन गर्ने नभई कार्यान्वयन गर्न तिर लाग्नु पर्ने सुनाए ।


पौडेलले गएको चुनावमा पार्टी पराजित भए पनि आफूहरुले लिएको विचार र सिद्धान्त साकार हुँदै गएको दाबी गरे । उनले कांग्रेसले बीपी कोइरालाले लिएको विचारलाई नै पछ्याइरहेको जनाए । ‘संगठन हारेको हो, कांग्रेसको विचार र सिद्धान्त जीवितै छन्,’ उनले भने, ‘साकार पनि भइरहेकै छन् ।’


२००७ सालदेखि प्रजातन्त्र पुनस्थापना र संघीय लोकतान्त्रिक गणतन्त्रको एजेन्डा कांग्रेसको भएको पौडेलको जिकिर थियो ।


कार्यक्रममा पिताम्बर शर्माको पुस्तकमाथि चर्चा गरिएको थियो । पुस्तकमा कांग्रेस पार्टी, राजनीतिक जीवन र पिताम्बरले भोगाई समेटिएको प्रा.डा मोहनप्रसाद तिमल्सिनाले बताए । त्यस्तै, अर्जुननरसिंह केसी, प्रा. प्रयोगराज भट्टराई वाशिष्ठ लगायतले पुस्तकमाथि विचार राखे ।


भानुभक्त अयोध्यादेवी स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा गायिका उमा गुरुङले २०७३ र साहित्यकार डिल्लीप्रसाद दाहालले भानुभक्त अयोध्यादेवी पुरस्कार पाए । पुरस्कृत दुवैजनालाई नेता पौडेलले सम्मान प्रदान गरेका थिए ।

प्रकाशित : जेष्ठ २६, २०७५ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?