१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

इदको बिदा खारेजप्रति सांसद खानको आपत्ति 

काठमाडौँ — नेकपाकी सांसद कलिला खानले इदउल फित्रको बिदा कटौती गरिएकोप्रति आपत्ति जनाएकी छन् । संघीय संसद्‌मा आइतबार विशेष सयम लिएर बोल्दै खानले आउँदै गरेको इदुल फित्र, इदउल अजहामा सार्वजनिक बिदा कायम गर्न ध्यानकर्षण गराइन् ।

इदको बिदा खारेजप्रति सांसद खानको आपत्ति 

‘बिदा कटौतीले लाखौं मुस्लिमहरु मर्कामा परेका छन्,’ उनले भनिन्, ‘धार्मिक पर्वसमेत भएकाले बिदा दिलाउन माग गर्दछु ।’


आगामी साता मनाइने इदुल फित्रकै दिन परीक्षा राखिएकामा पनि आपत्ति जनाउँदै उनले चाडको दिनको परीक्षा खारेज गर्न शिक्षामन्त्रीको ध्यानाकर्षण गराइन् । ‘जहिले पनि चाडकै दिन परीक्षा राख्ने गरिन्छ,’ उनले भनिन्, ‘मुस्लिम विद्यार्थी त्यो दिन परीक्षा दिन असमर्थ भएकाले तत्काले खारेज गर्न माग गर्दछु ।’

प्रकाशित : जेष्ठ २७, २०७५ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?