यूएन पार्कमा गुण्डालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो

गुण्डा अशोक लामा घाइते, वीरमा उपचार हुँदै
जनकराज सापकोटा

काठमाडौँ — शंखमुलस्थित यूएनपार्क नजिकै महानगरीय प्रहरी अपराध महाशाखाको टोलीलाई आक्रमण गर्न खोजेपछि काभ्रेली समूहका गुण्डा अशोक लामालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ ।

यूएन पार्कमा गुण्डालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो

महाशाखा प्रमुख एसएपी धिरजप्रताप सिंहका अनुसार लामालाई दायाँ घुँडा मुनी गोली लागेको छ । उनलाई प्रहरीको टोलीले नियन्त्रणमा लिएर उपचारका लागि वीर अस्पताल पुर्‍याएको सिंहले बताए ।


एसएसपी सिंहका अनुसार प्रहरीले लामालाई पछ्याउँदै जाँदा उनले प्रतिकार गर्न खोजेपछि प्रहरी टोलीले गोली चलाएको हो । लामाको साथबाट एक पेस्तोल र २ थान गोली पनि बरामद भएको छ ।


लामाले सातदोबाटोदेखि भैंसिपाटीसम्म विभिन्न व्यापारी तथा घरजग्गा प्लटिङ व्यवसायीसँग धम्काएर पैसा असुल गर्ने देखि अवैध रुपमा जुवा खेलाउने कार्यमा संलग्न रहेको प्रहरीको आरोप छ ।


उनीसँगै रहेका २ जना भाग्न सफल भएको प्रहरीले जनाएको छ।


प्रकाशित : जेष्ठ २८, २०७५ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?