कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारायणगढ—मुग्लिङ सडकमा ७ ठाउँ पहिरो

रासस

चितवन — सोमबार साँझ परेको वर्षात् पछि नारायणगढ—मुग्लिङ सडकखण्ड पहिरो खसेर अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको छ । 

नारायणगढ—मुग्लिङ सडकमा ७ ठाउँ पहिरो

राति ११ः२० बजेदेखि अवरुद्ध सडक म‌ंगलबार बिहान ३ः२० बजे एकतर्फी सञ्चालनमा आएको थियो ।

बिहान ६ बजेदेखि डोजर र एस्काभेटरले पहिरो पन्छाउने काम भइरहेकाले सवारी आवागमनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

प्रकाशित : जेष्ठ २९, २०७५ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?