१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

वडाध्यक्षसहित ११ पक्राउ

अपहरणपछि हत्या
शिव पुरी

रौतहट — कटहरिया नगरपालिका–९ स्थित डुमरिया टोलका १२ वर्षीय युवराज साहको हत्या आरोपमा प्रहरीले वडाअध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको छ । उनीहरूविरुद्ध मंगलबार जिल्ला अदालतबाट म्याद थपी अपहरण तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको छ ।

वडाध्यक्षसहित ११ पक्राउ

वडाध्यक्ष रामाज्ञा राय यादवसहित ११ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरीप्रमुख एसपी रवीन्द्र केसीले बताए । ‘हामीले ११ जनालाई पक्राउ गरी अनुसन्धान थालेका छौं,’ उनले भने, ‘घटनामा संलग्न सबै पक्राउ पर्छन् ।’


हत्यामा प्रयोग गरिएको एक थान नलकटुवा पेस्तोल बरामद भएको केसीले जानकारी दिए । गत शनिबार राति वडाध्यक्ष यादवका छोरा शक्तिसहितले बालकलाई अपहरण गरी आइतबार गोली हानी हत्या गरेका थिए ।


घटनाको भोलिपल्ट प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो । पीडित पक्षले १६ जनाविरुद्ध किटानी जाहेरी दिएको इलाका प्रहरी गरुडाले जनायो ।


अपहरणकारीले अपहरणको १२ घण्टापछि बालकका काकाका छोरा निरञ्जन जयसवालको मोबाइलमार्फत बुवा दिलीप साहलाई फोन गरी १ करोड रुपैयाँ फिरौती मागेका थिए । साहले त्यति धेरै रकम तिर्न नसक्ने बताएपछि अपहरणकारीले ५ लाख रुपैयाँमा सहमति जनाएका थिए । तर, उनीहरू २ घण्टापछि स्थान तोक्ने बताएर सम्पर्कविहीन भए ।


आइतबार राति करिब साढे ११ बजे वडाध्यक्षका भाई रामबालकले अपहृत बालकका काका ओमप्रकाश जयसवाललाई फोन गरी आफ्ना भतिजाहरूले अपहरण गरेको र मुक्त गराउन सघाउने बताएका थिए । जयसवालले लगत्तै इलाका प्रहरी गरुडालाई खबर गरे ।


प्रहरी निरीक्षक चतुर्भुज ओझाको टोलीले तत्काल गरुडा नगरपालिकाको ४ नम्बर वडा कार्यालयनजिकैको घरबाट शक्तिलगायतलाई नियन्त्रणमा लिएको थियो । उनीहरूले बालकको गोली हानी हत्या गरेको स्विकारिसकेका छन् ।

प्रकाशित : जेष्ठ ३०, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?