कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टिप्परको ठक्करबाट घाइते महिलाको मृत्यु

सरोजकुमारी चौधरी

काठमाडौँ — जडिबुटीमा बालुवा बोकेको टिप्परले ठक्कर दिँदा घाइते भएकी स्कुटरमा सवार महिलाको मृत्यु भएको छ । कोटेश्वरतर्फ आइरहेको ना ४ ख ३५५८ टिप्परले बुधबार सोही दिशाको बा ७० प ९३९९ स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार रौतहटकी २४ वर्षीया अस्मिता भण्डारी गम्भीर घाइते भएकी थिइन् ।

टिप्परको ठक्करबाट घाइते महिलाको मृत्यु

घाइतेको उपचारका क्रममा बी एण्ड बी अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी प्रमुख वसन्तकुमार पन्तले जानकारी दिए ।


स्कुटरलाई ठक्कर दिएपछि आक्रोशित भीडले टिप्पर जलाइदिएका थिए । टिप्पर चालक पृथ्वीनारायण नापितलाई प्रहरीले नियन्त्रणमा लिएर तीनकुने वृत्तमा राखेको जनाएको छ ।


टिप्परमा लगाइएको आगो काठमाडौंबाट गएको २ वटा दमकलले निभाएको थियो ।

विगत केही समययता निर्माण सामाग्री बोकेर अनियन्त्रित रुपमा हुक्षकिने टिप्पर तथा मिनिट्रकका कारण काठमाडौंमा सवारी दुर्घटना संख्या बढेको प्रहरी तथ्यांकले देखाएको छ ।


प्रकाशित : जेष्ठ ३०, २०७५ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?