कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अनशनरत गंगामायाको माग बारे प्रधानमन्त्री र मानवअधिकार आयोगका अध्यक्षबीच छलफल

घनश्याम खड्का

काठमाडौँ — पछिल्लोपटक आमरण अनशन थालेकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उनको माग बारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मासँग परामर्श गरेका छन् ।

अनशनरत गंगामायाको माग बारे प्रधानमन्त्री र मानवअधिकार आयोगका अध्यक्षबीच छलफल

बुधबार बिहान साढे ११ बजेदेखि प्रधानमन्त्री ओली र अध्यक्ष शर्माबीच छलफल सुरु भएको हो ।

बालकृष्ण ढुंगेललाई सरकारले गणतन्त्र दिवसका दिन सजाय मिनाह गरी कारागार मुक्त गरेसँगै गंगामायाले पुन: आमरण अनशन सुरु गरेकी थिइन् ।

स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उनलाई वीर अस्पतालको विशेष शैय्यामा राखेर उपचार भइरहेको छ ।


प्रकाशित : जेष्ठ ३०, २०७५ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?