कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सार्वजनिक जग्गामा बनेका २ सय टहरा हटाइयो

लालप्रसाद शर्मा

पोखरा — रातारात सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका दुई सय टहरा प्रहरीले बुधवार हटाएको छ । पोखरालगायत विभिन्न स्थानबाट आएका अतिक्रमणकारीले पोखरा लेखनाथ– १८ धरमपानीमा मंगलबार राति ती टहरा बनाएका थिए । 

सार्वजनिक जग्गामा बनेका २ सय टहरा हटाइयो

टहरा बनेको बुधवार बिहान जानकारी भएको थियो । महानगरपालिकाले कास्की जिल्ला प्रशासनलाई सार्वजनिक जग्गा अतिक्रमण गरेकाले त्यसलाई हटाईदिन भन्दै औपचारिक रुपमा अनुरोध गरेपछि प्रहरी खटाएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए । कास्की प्रहरी प्रमुख एसपी ओम रानाले सबै टहरा हटाएको बताए ।


रानाका अनुसार जग्गा मिलाईदिने भन्दै केही व्यक्तिले रकमसमेत उठाएको जानकारीमा आएको छ । प्रहरीले अतिक्रमणमा संलग्न भएको आरोपमा ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ । पक्राउ पर्नेमा म्याग्दी, पोखरा र कास्कीका विभिन्न स्थानका व्यक्तिहरु छन् ।

प्रकाशित : जेष्ठ ३०, २०७५ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?