कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

३३ किलो सुन तस्करी काण्डः बाजेको सेकुवामा शिलबन्दी

जनकराज सापकाेटा

काठमाडौँ — ३३ किलो सुन तस्करी र भरिया सनम शाक्य हत्याको घटनाको छानबिनको क्रममा गृहमन्त्रालयको छानबिन समितिले काठमाडौ‌ं उपत्याकाका विभिन्न ६ स्थानमा रहेको बाजेको सेकुवामा शिलबन्दी गरेको छ । समितिले रेस्टुरेन्ट सञ्चालक चेतनाथ(चेतन) भण्डारीको पनि संगठीत सुन तस्करीमा संलग्न रहेको र तस्करीबाट अार्जित रकम रेस्टुरेन्टमा प्रयाेग भएको दाबी छ ।

३३ किलो सुन तस्करी काण्डः बाजेको सेकुवामा शिलबन्दी

सुन तस्करीमा लगानी गरेको आशंकामा प्रहरीले रेस्टुरेन्टका सञ्चालक भण्डारीको सम्पत्ति र बैंक खाता रोक्का गरिसकेको छ । सुन तस्करी काण्डमा भण्डारी फरार प्रतिवादी हुन् ।


भण्डारी तस्करी गिरोहका नाइके चुणामणि उप्रेती ‘गोरे’का आफन्त हुन् । भण्डारी उप्रेतीका भान्जा नाता पर्छन् ।


समितिका एक सदस्यले कान्तिपुरसँग कुराकानी गर्दै भने, 'अदालतकाे अादेश अनुसार शिलबन्दी गरिएको हो।'

बाजेकाे सेकुवा नाममा भण्डारीको स्वामित्व रहेका ५ वटा र उनका सालाे सञ्चालक रहेको एउटा गरी ६ वटा होटलमा अनुसन्धान समितिले काराेबार राेक्का गर्दै शिलबन्दी गरेको छ । उपत्यकामा बाजेकाे सेकुवा नामका १० वटा होटल सञ्चालनमा छन् ।

प्रकाशित : जेष्ठ ३०, २०७५ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?