बीपी राजमार्गमा ठूला सवारी संचालनको माग, व्यवसायी आन्दोलनमा

टीकाप्रसाद भट्ट

रामेछाप — बीपी राजमार्गमा ठूला सवारी संचालनमा रोक लगाएपछि आन्दोलनमा उत्रिएका रामेछापका व्यवसायीहरुले बुधबार जिल्ला सदरमुकाम मन्थली बन्द गराएका छन् ।मा रोक लगाएपछि आन्दोलनमा उत्रिएका रामेछापका व्यवसायीहरुले बुधबार जिल्ला सदरमुकाम मन्थली बन्द गराएका छन् ।

बीपी राजमार्गमा ठूला सवारी संचालनको माग, व्यवसायी आन्दोलनमा

राजमार्गमा सबैखाले सवारी संचालनको माग गर्दै मंगलबारदेखि साता व्यापी आन्दोलनका कार्यक्रमहरु सर्वाजनिक गर्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

बुधबार जिल्ला सदरमुकामका सबै पसल व्ययवसाय बन्द गरी व्यवसायीहरुले सडकमा कालो तुल राखेर प्रदर्शन गरेका छन् । विभिन्न माग लेखिएका प्ले कार्डसहित बजार परिक्रमा गरेका व्यवसायीले २ घण्टा बजार ठप्प बनाएका थिए ।

सर्वोच्च अदालतले बीपी राजमार्गमा १८ जना यात्रु बोक्ने साधन र गाडिसहित १० टन वजन भएका मालवाहक सवारीभन्दा ठुला साधन संचालनमा रोक लगाउने अन्तरिम आदेश दिएपछि व्यवसायीहरुले उक्त राजमार्गबाट मालसामान ल्याउन सकेका छैनन् । तराइबाट मध्यपहाडि जिल्लामा जोड्ने सबैभन्दा छोटो मार्ग रहेको बीपी राजमार्गबाटै निर्माण सामाग्री, खाद्यान्न र तरकारी लगाएतका सामाग्री ओसारपसार हुँदै आएका थिए ।


प्रकाशित : जेष्ठ ३०, २०७५ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?