बिजुली चोर्नेमाथि कडा कारबाही : गृहमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्रालय र उर्जा मन्त्रालयले झोलामा खोला राख्ने र बिजुली चोर्नेमाथि कडा रुपमा प्रस्तुत हुने र संयुक्त रुपमा कारबाहीमा उत्रने तयारी गरेका छन् ।

बुधबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा र उर्जामन्त्री वर्षामान पुन: बिच भएको छलफलपछि यस्तो निर्णय भएको हो ।

Yamaha

सडक निर्माण र विस्तारका क्रममा विजुलीका पोल समस्याका रूपमा रहेको भन्दै दुवै मन्त्रालयले तत्काल समस्या समाधान गर्ने निर्णयसमेत गरेका छन् ।

गृहमन्त्री थापाले विद्युत आयोजना निर्माणस्थलमा सुरक्षाको प्रत्याभूति गर्न थप सुरक्षा आवश्यक भए गृहमन्त्रालयले भूमिका खेल्नेबारे पनि बैठकमा छलफल भएको थियो ।

प्रकाशित : जेष्ठ ३०, २०७५ १९:०१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

प्रधानमन्त्री ओलीविरुद्धको अवहेलना उजुरी अस्वीकृत 

कान्तिपुर संवाददाता

काठमाडौँ — ज्यान मारेको अभियोगमा थुनामा रहेका माओवादी नेता बालकृष्ण ढुंगेलको कैद मिनाहा गरी अदालतको अवहेलना गरेको दाबीसहित सर्वोच्च अदालतमा पेस भएको निवेदन अस्वीकृत भएको छ । 

प्रधानमन्त्री केपी ओलीलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दर्ता गर्न खोजेको अवहेलनाको निवेदन मुद्दा महाशाखा प्रमुख नारायण पन्थीले दरपीठ आदेश लेखी अस्वीकृत गरेका हुन्। वरिष्ठ अधिवक्ता भण्डारीले सर्वोच्च अदालतको नजीर र विचाराधिन मुद्दा समेत प्रभावित हुने गरी ढुंगेलको कैद मिनाहा गरेर मन्त्रिपरिषद्‍का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अदालतको अवहेलना गरेको जिकिर गरी निवेदन दर्ताको प्रयास गरेका थिए। सह–रजिष्ट्रार पन्थीले गरेको दरपीठ आदेशमा ढुंगेल लगायतका कैदीहरुको कैद मिनाहा गर्ने निर्णय विरुद्धको रिट निवेदन सर्वोच्च अदालतमा विचाराधिन भएकै अवस्थामा अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता गर्न नमिल्ने भन्ने उल्लेख छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशविपरीत सरकारले ढुंगेललगायतका कैदीको कैद मिनाहा गरेको, त्यसक्रममा परेको रिट निवेदनमाथि बहसका क्रममा सरकारी वकिलहरुले झुटो विवरण पेस गरेको र सरकारले अदालतमा मुद्दा विचाराधिन भएकै अवस्थामा झुक्याएर कैद मिनाहा गरेको भन्दै वरिष्ठ अधिवक्ता भण्डारीले प्रधानमन्त्री ओलीलाई विपक्षी बनाई निवेदन दर्ता गर्न खोजेका थिए। वरिष्ठ अधिवक्ता भण्डारीलाई दरपीठविरुद्ध फेरी निवेदन दर्ता गर्ने बाटो भने खुला छ।

प्रकाशित : जेष्ठ ३०, २०७५ १८:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT