अरुण तेस्रोको कार्यालयमा सकेट बम विस्फोट

रासस

संखुवासभा — अज्ञात समूहले तुम्लिङटारस्थित अरुण तेस्रो आयोजनाको कार्यालय परिसरमा बुधबार बिहान तीन वटा सकेट बम विस्फोट गराएको छ । 

अरुण तेस्रोको कार्यालयमा सकेट बम विस्फोट

बम विस्फोटबाट कुनै मानवीय क्षति नभएको र सो स्थानमा कडा सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख श्याम सारुमगरले बताए ।


उनका अनुसार तुम्लिङटारस्थित सम्पूर्ण होटल, गाउँ वस्तीमा सुरक्षा जाँच कडा गरिएको छ ।


पटकपटक सो कार्यालयलाई लक्ष्य गरी बम विस्फोट गराउँदै आएको नेकपा ‘विप्लव समूह’ ले गत वैशाख १८ गते पनि बम विस्फोट गराएको थियो ।

प्रकाशित : जेष्ठ ३०, २०७५ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?