नेपाल–भारत सैन्य अभ्यास

काठमाडौँ — भारतको पिथौरागढमा दुई सातादेखि सञ्चालित प्रतिविद्रोह तथा प्रतिआतंकवाद र विपद् व्यवस्थापनसम्बन्धी नेपाली सेना र भारतीय सेनाबीचको संयुक्त ‘अभ्यास सूर्यकिरण–१३’ सकिएको छ ।

नेपाल–भारत सैन्य अभ्यास

भारतको मिजरममा २०६७ सालबाट सुरु संयुक्त अभ्यासको सिलसिला अहिले एक/एक वर्षको अन्तरालमा नेपाल र भारतमा पालैपालो गरिँदै आएको छ ।


नेपाली सेनाका तर्फबाट ‘गोरख बक्स गण’का प्रमुख सेनानी तिलकबहादुर थापा क्षत्रीको कमान्डमा महिलासहित ३ सय जना र ‘१३ जम्मुकस्मिर राइफल्स’ का महासेनानी निपुन कृष्णनको कमान्डमा ३ सय सैनिक अभ्यासमा सहभागी थिए ।


यस्ता अभ्यासबाट दुई देशका सेनाको पेसागत ज्ञान अभिवृद्वि हुने विश्वास नेपाली सेनाको छ ।


प्रधानमन्त्रीलाई द्रुतमार्गको ब्रिफिङ

यसैबीच, तीन मन्त्रीसहित प्रधानमन्त्री केपी ओलीले तराई–मधेस जोड्ने द्रुतमार्ग निमार्णबारे सेनासँग जानकारी लिएका छन् ।


उनले अहिलेसम्म भएका कामबारे जानकारी लिँदा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, भौतिक पुनर्निर्माण तथा यातायात मन्त्री रघुवीर महासेठ, अर्थमन्त्री युवराज खतिवडा र योजना आयोगका उपाध्याक्ष पुष्पराज कँडेललगायत सचिव र अधिकारीहरूको उपस्थिति थियो ।


ब्रिफिङपछि प्रधानमन्त्री ओलीले उक्त राष्ट्रिय गौरवको परियोजना समयमा सम्पन्न गर्न कुनै कसुर नराख्न निर्देशन दिएका थिए ।

प्रकाशित : जेष्ठ ३०, २०७५ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?