१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

प्रतिक्षा काफ्ले

स्याङ्जा — अविरल वर्षासँगै खसेको पहिरोले बुधबार साँझदेखि सुनौली-पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

पुतलीबजार नगरपालिका-३ स्थित मजुवामा अपराह्न चार बजे गएको पहिरोका कारण राजमार्ग बन्द भएपछि सवारी साधन रोकिएका छन् । बेलुकी लामो दूरीका सवारी चल्ने गर्छ । पैदलयात्रु समेत अलपत्र परेका छन् । नगरपालिकाले सडक विस्तार गर्ने क्रममा खनिएको ढिस्को खस्दा राजमार्ग रोकिएको जिल्ला प्रहरीले जनाएको छ ।


प्रहरी, सेनासहित पहिरो हटाउन डोजर प्रयोग गरिएको छ । झन्डै सय मिटर फराकिलो पहिरो हटाउन अझै चार/पाँच घण्टा लाग्ने जिल्ला प्रहरी प्रवत्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए । रातो र चिप्लो माटोका कारण पैदल यात्रुलाई हिँड्न जोखिम भएको प्रहरीले बताएको छ ।


सडकमा पहिरो खसेपछि बुटवल हुँदै पोखरा आएका र स्याङ्जाबाट पोखरा, काठमाडौं र पूर्व-पश्चिम हिँडेका सवारी साधन बाटोमै रोकिएका छन् ।

प्रकाशित : जेष्ठ ३०, २०७५ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?