१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नगर कार्यालयमा अख्तियारको छापा

कञ्चनपुर — बेलौरी नगरपालिकामा सडक निर्माणका क्रममा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्बन्धित कागजात नियन्त्रणमा लिएको छ ।

नगर कार्यालयमा अख्तियारको छापा

दुईवटा सडक निर्माणमा अनियमितता भएको बेनामे उजुरी परेपछि अख्तियार टोलीले अनुसन्धान थालेको हो । ‘वडा नं. ६ र २ मा ग्राभेल सडक निर्माणमा अनियमितता भएको उजुरी परेको छ,’ आयोगको महेन्द्रनगर कार्यालयका प्रमुख ज्ञानेन्द्र ढकालले भने, ‘त्यही छानबिनका लागि नगरपालिका कार्यालयबाट कागजात नियन्त्रणमा लिइएको हो ।’ उनले सडक निर्माण प्रक्रियाका थप कागजातसमेत कार्यालयमा पेस गर्न निर्देशन दिइएको बताए ।

शाखा अधिकृत हरिशचन्द्र जोशी नेतृत्वको टोलीले मंगलबार सडक अनुगमनसँगै कागजात नियन्त्रणमा लिएको हो । उनका अनुसार उजुरीमा सामान खरिदको दर तथा निर्माण सामग्री कम राखेर बढी देखाइएको दाबी गरिएको छ । ‘कागजात अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘फिल्डमा पनि अनुगमन भइरहेको छ ।’

बेलौरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर शाहीले वडा नं. ६ मा सडकको कुनै योजना नभएको र २ मा भर्खर काम सुरु भएको जानकारी दिए । वडा नं. २ को राधेचौराह नजिक साढे ७ सय मिटर सडक ग्राभेलका लागि हिल्स कन्स्ट्रक्सनसँग २० लाखमा सम्झौता भएको उनले बताए । ‘भर्खर काम सुरु भएको छ,’ शाहीले भने, ‘असारभित्रै सक्ने गरी सम्झौता भएको हो ।’ उनले वडा नं. ६ मा योजनाबिनै काम भएको उजुरी परेको जानकारी आएको तर त्यहांँ कुनै सडक निर्माणको काम नभएको दाबी गरे ।

प्रकाशित : जेष्ठ ३१, २०७५ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?