३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

संसदमा शून्य समय सुरु

काठमाडौँ — प्रतिनिधि सभामा बिहीबारदेखि शून्य समय सुरु भएको छ । शून्य समयमा बाेल्ने सांसदहरुले मुल्यबृद्धि आकाशिएकाले नियन्त्रण गर्न सरकारसंग माग गरेका छन् । 

संसदमा शून्य समय सुरु

एक मिनेटको शून्य समयमा बोल्दै सांसद अमनलाल मोदीले दैनिक उपभोग्य वस्तुको चरम मुल्यबृद्धि र हाहाकार भएको बताए । ‘चर्को मुल्यबृद्धिमा मौनता हैन, सशक्त अनुगमन होस्,’ उनले भने ।

त्यस्तै, अर्का सांसद अमरेशकुमार सिंहले सरकार र ब्यापारीको मिलिभगत भएकाले मुल्यबृद्धि भएको आरोप लगाए ।

नेकपाका पूर्व प्रमुख सचेतक खगराज अधिकारीले बजारमा कृतिम अभाव रहेको, सिण्डिकेट कायम रहेकाले सरकारले अनुमगन गरी कारबाही गर्नुपर्ने बताए ।

प्रतिपक्षका अर्का सांसद प्रकाश रसायलीले सरकारले कर बढाएकाले ब्यपारीले कमाउन मुल्यबृद्धि गरेको बताए ।

शून्य समयमा ७ जना सांसदले बोलेका थिए । संसदमा अहिले सरकारले पेश गरेको बिनियोजन बिधेयकमाथि छलफल जारी छ । बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्ययन, युवा तथा खेलकुद र अर्थ मन्त्रालयको बिनियोजित बिधेयक माथि छलफल भइरहेको छ ।

शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले ५ दिनभित्र दिनुपर्ने संसदको नियमावलीमा ब्यवस्था गरिएको छ ।

प्रकाशित : जेष्ठ ३१, २०७५ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?