कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

५० हजार घूससहित रोजगार विभागका कर्मचारी पक्राउ

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागको अनुसन्धान शाखामा कार्यरत रामप्रसाद ढुंगानालाई ५० हजार घूससहित बिहीबार दिउँसो पक्राउ गरेको छ । 

५० हजार घूससहित रोजगार विभागका कर्मचारी पक्राउ

आयोगको टोलीले ढुंगानालाई कार्यकक्षबाटै पक्राउ गरेको हो । उनले वैदेशिक रोजगार कार्यालयबाट विज्ञापन गर्न अनुमति नपाएको म्यानपावरले कामदार भर्ना प्रक्रिया सुरु गरेको मुद्दामा अनुसन्धान गरेका थिए । त्यही फाइलमा लेनदेन गर्ने क्रममा अख्तियारले ढुंगानालाई घूससहित पक्राउ गरेको जनाएको छ ।

प्रकाशित : जेष्ठ ३१, २०७५ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?