कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुन तस्करीमा तीन वर्ष कैद

रसुवा — जिल्ला अदालत रसुवाले सुन तस्करी मुद्दामा दुई जनालाई कैद फैसला गरेको छ । मंसिर २ गते प्रहरीले १७ किलो अवैध सुनसहित आमाछोदिङमो गाउँपालिका–५ का कर्साङ दावा तामाङ र गोसाइँकुण्ड गाउँपालिका–१ का लाक्पा तामाङलाई पक्राउ गरी मुद्दा चलाएको थियो । 

सुन तस्करीमा तीन वर्ष कैद

भन्सार ऐन, २०६४ बमोजिम कसुर ठहर गर्दै जिल्ला अदालतले उनीहरूलाई जरिवानासहित कैद फैसला गरेको स्रेस्तेदार विश्वास सुनुवारले बताए ।


जिल्ला न्यायाधीश बावुराम सुवेदीको इजलासले गरेको फैसलामा कर्साङ दावालाई ३ वर्ष कैद र ८ करोड १४ लाख ९८ हजार जरिवाना तोकिएको छ । त्यस्तै लाक्पा तामाङलाई १ वर्ष कैद तोकिएको छ । सुन ओसार्न प्रयोग भएको बा११च ७९१८ नम्बरको बोलेरो जिप पनि जफत गरिएको अदालतले जनाएको छ ।


चीनको केरुङबाट बोलेरो जिपमा सुन लुकाएर ल्याउँदै गर्दा सीमा प्रहरी चौकी टिमुरेले तामाङद्वयलाई रसुवागढी नाकाबाट पक्राउ गरेको थियो ।

प्रकाशित : जेष्ठ ३१, २०७५ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?