नेकपाको नियमावली तयार

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टीको कार्य सञ्चालनसम्बन्धी नियमावली तयार भएको छ । नियमावली मस्यौदा कार्यदलले दुवै अध्यक्षलाई बिहीबार प्रतिवेदन बुझाएको छ ।

नेकपाको नियमावली तयार

नियमावलीमा केन्द्रमा ३२ वटा विभाग राख्न प्रस्ताव गरेको छ । त्यस्ता विभाग मन्त्रालयगत र पार्टी कामसँग सम्बन्धित हुने जानकारी कार्यदल सदस्य वेदुराम भुसालले दिए । सरकारमा मन्त्रालय जति छन्, ती विषयसम्बन्धी काम हेर्ने गरी विभाग रहेनछन् । हाल प्रधानमन्त्री कार्यालयसहित २१ वटा सरकारी मन्त्रालय छन् । ती मन्त्रालयसम्बन्धी काम हेर्ने विभाग हुनेछन् ।


त्यस्तै पार्टी स्कुल विभाग, प्रचार विभाग, संगठन विभागलगायत पार्टी कामसम्बन्धी विभाग पनि रहनेछन् । ‘पार्टी सञ्चालनका विधिहरू नियमावलीमा छन्,’ भुसालले भने । नेकपाले १५ दिनभित्र नियमावली पेस गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएको थियो । विधान र नियमावलीमाथि छलफल गर्न शनिबार नेकपाको स्थायी समिति बैठक बोलाइएको छ । बैठकले सुझावसहित विधान र नियमावली पारित गरेपछि पूर्ण रूपमा लागू हुनेछ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच जेठ ३ गते पार्टी एकता भएको थियो । एकतापछि पार्टीको काम व्यवस्थित गर्न नियमावली बनाइएको हो ।

प्रकाशित : जेष्ठ ३१, २०७५ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?