३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७
समाचार

News

प्रहरीमा विशिष्ट श्रेणी कति ठीक ?

नेपाल प्रहरीमा विशिष्ट श्रेणीका एआईजीको संख्या घटाउनु ठीक थियो कि थिएन भन्ने बहस सुरु भएको छ । साताअघि मन्त्रिपरिषदको बैठकले एआईजी संख्या १६ बाट ३ मा झार्ने निर्णय गरेको थियो ।

प्रहरीमा विशिष्ट श्रेणी कति ठीक ?

नेकपाको सांगठनिक एकता छिट्टै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सांगठनिक एकता टुंग्याउने गृहकार्य सुरु गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको पहिलो स्थायी कमिटी बैठकले पार्टीका जनसंगठन, भ्रातृ संगठन, पेसागत, प्रदेश, जिल्ला तथा स्थानीय तहका कमिटी एक बनाउन गृहकार्य अघि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपाको सांगठनिक एकता छिट्टै

मेयरले भने, ‘पाठ सिके, नैतिक जिम्मेवारी लिन्छु’

डोजरबाट शुक्रबार भएको दुर्घटनाप्रति पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जीसीले दु:ख व्यक्त गरेका छन् । उनले शनिबार विज्ञप्ती प्रकाशन गरेर घटनाको नैतिक जिम्मेवारी लिएको उल्लेख गरेका छन् । 

मेयरले भने, ‘पाठ सिके, नैतिक जिम्मेवारी लिन्छु’

दुर्घटनामा दैनिक ५ को मृत्यु

गतवर्ष अनियन्त्रित माइक्रो बसले ठक्कर दिँदा जोरपाटीमा एक पैदलयात्रुको मृत्यु भयो । बा१ज ९८०९ नम्बरको माइक्रो बसले ठक्कर दिँदा भारतका रूपलाल साहको मृत्यु भएको हो । केही साताअघि काभ्रेको साँगाबाट तीव्र गतिमा आएको बा३ख ६६७४ नम्बरको ट्रिपरले भक्तपुर, सूर्यविनायकमा बा५६प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भयो ।

दुर्घटनामा दैनिक ५ को मृत्यु

आइतबार संघीय संसद्को संयुक्त बैठक, संयुक्त नियमावली पेस हुने

संघीय संसद्‍को संयुक्त बैठक आइतबार बस्दै छ । मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ४ बजे संयुक्त बैठक आहवान गरेकी हुन् । संयुक्त कार्यसञ्चालन नियमावली पारित गर्न बैठक बोलाइएको हो ।

आइतबार संघीय संसद्को संयुक्त बैठक, संयुक्त नियमावली पेस हुने

नेपाल–भारत नागरिक उड्डयन सहमति : तीनवटा हवाई रुट दुईतर्फी

भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने विमानले अब सिमराबाट मात्रै छिर्नुपर्ने बाध्यता हट्ने भएको छ । भारतले काठमाडौंका लागि विराटनगर र जनकपुरको आकाश खुला गरेको छ । महेन्द्रनगर–नयाँ दिल्ली र जनकपुर–पटनाका दुई रुट पनि थप्ने सहमति गरेको छ ।

नेपाल–भारत नागरिक उड्डयन सहमति : तीनवटा हवाई रुट दुईतर्फी

दम्पतीद्वारा आत्महत्या 

एक दम्पतीले विष सेवन गरेर आत्महत्या गरेका छन् । प्यूठानस्थित झिंमरुक गाउँपालिका–५ नेपानेका २३ वर्षीय शिरबहादुर जिसी र १७ वर्षीया सृष्टी जिसीले विष सेवन गरी शुक्रबार राति आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

दम्पतीद्वारा आत्महत्या 

बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।

बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन

भारतीय धूले आँधीका कण नेपाल छिरेपछि भयो 'हिले वर्षा' !

भारतको राजस्थान, लखनऊ, उत्तरप्रदेशको धूले आँधी (डस्ट स्ट्रम) का कणहरु नेपाली वायुमण्डलमा छरिएपछि धमिलो वर्षा भएको विशेषज्ञहरुले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार राजस्थान, दिल्ली र लखनउमा केही दिनदेखि बेगले धुले आँधी आएको र उत्तर प्रदेश हुँदै नेपालको दक्षिणतिर प्रवेश गरेको वायुमा आँधीका कण फैलिएकाले वर्षा धमिलो भएको हो ।

भारतीय धूले आँधीका कण नेपाल छिरेपछि भयो 'हिले वर्षा' !

ट्रेड युनियन कांग्रेसमा पौडेल र सिटौला पक्षकाे प्यानलै

नेपाल ट्रेड युनियन कांग्रेसकाे छैटौं महाधिवेशनबाट रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलानिकट प्यानल विजयी छ । शनिबार सम्पन्न मतगणनामा पौडेल–सिटौला पक्षका अध्यक्ष उमेद्वार पुष्कर आचार्यकाे प्यानल नै विजयी भएको हो ।

ट्रेड युनियन कांग्रेसमा पौडेल र सिटौला पक्षकाे प्यानलै

‘ज्यानमारा’ प्रथा

एसईई नतिजाको प्रतीक्षामा बसेकी अछाम, तुर्माखाँद गाउँपालिका–४, जयागाउँकी पार्वती बुढाको सपना पढेर समाजसेवी बन्ने थियो । उनी गाउँमै समाजसेवा गर्दै अपांगता भएका बुवाको स्याहार गर्न चाहन्थिन् । तर, शनिबार राति सर्पले डस्दा उनीसँगै उनको सपना पनि संसारबाट बिदा भयो ।

‘ज्यानमारा’ प्रथा

नियमविपरीत संरचना

लुम्बिनीको शान्तिद्वीपदेखि दक्षिणतर्फ मायादेवी मन्दिर जाने पैदल मार्गमा थाई पुङ थाई नामक संस्थाले आफ्नै शैलीको बालक बुद्धको मूर्ति राख्यो । गुरुयोजनाविपरीत र अशोक स्तम्भसहितको मायादेवी मन्दिर छेक्ने गरी मूर्ति बनाएकामा युनेस्कोले आपत्ति जनाउँदै पत्राचार गर्‍यो । करिब ६ वर्ष भयो तर हटाइएन ।

नियमविपरीत संरचना

आज इद उल फित्र

नेपालसहित एसियाली मुलुकका इस्लाम धर्मावलम्बीहरूले शनिबार इद उल फित्र मनाउँदै छन् । अरबी पात्रो हिजरीको ‘रमजानुल मुबारक’ महिनाभरि रोजा बसेपछि यो पर्व मनाइन्छ । रोजाको अन्तिम दिन आकाशमा चन्द्रोदय भएपछि इद उल फित्रको स्वागत गरिन्छ ।

आज इद उल फित्र

ठेक्कामा ठगठाग

मोरङ र सुनसरी सीमास्थित गोकुवाघाटको सिंघिया खोलामा पुल बनाउने ठेक्का लिएको विवेक निर्माण सेवाका सुरेश खरेल काम अलपत्र पारेर बेपत्ता भएको वर्षौं बित्यो । २०५८ असार २५ गते १ करोड ६८ लाख रुपैयाँमा उनले निर्माण सम्झौता गरेका थिए ।

ठेक्कामा ठगठाग

डेढ अर्बका ३० पुल अधुरै

मोरङ र सुनसरी सीमास्थित गोकुवाघाटको सिंघिया खोलामा पुल निर्माणको ठेक्का लिएको विवेक निर्माण सेवाका सुरेश खरेल काम अलपत्र पारेर बेपत्ता भएको वर्षौं बित्यो । २०५८ असार २५ गते १ करोड ६८ लाख रुपैयाँमा निर्माण सम्झौता गरेका खरेल बीचैमा काम अलपत्र पारेर हिँडे ।

डेढ अर्बका ३० पुल अधुरै

२० महिना बित्यो, काम शून्य

चैनपुर नगरपालिका नुनढाकीको बिहीबारेबाट मादी नगरपालिका जोड्ने यावारा पुल ठेक्का लागेको २० महिना बित्यो । कामको प्रगति भने शून्य छ । २०७३ भदौ २८ मा निर्माणको जिम्मा लिएको कुन्सालिङ कन्स्ट्रक्सन प्रालि पेस्की रकम लिएयता बेपत्ता छ । सम्झौता अवधि असोज १३ मा सकिँदैछ । यो पुल ६ करोड ६४ लाख १० हजार रुपैयाँमा सम्झौता भएको थियो ।

२० महिना बित्यो, काम शून्य

नेकपाको राजनीतिक दस्तावेज: प्राथमिकतामा संविधान संशोधन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधनको विषयलाई आफ्नो राजनीतिक दस्तावेजमा प्रमुखतासाथ उठाएको छ । केन्द्रीय समिति बैठकले हालै पारित राजनीतिक दस्तावेजमा संविधान संशोधनको विषयलाई पटक पटक उल्लेख गरिएको हो ।

नेकपाको राजनीतिक दस्तावेज: प्राथमिकतामा संविधान संशोधन

कुन छिमेकीको रेल पहिले ?

नेपालले रेल मार्ग निर्माणको लिखित समझदारी गर्न दुवै छिमेकी भारत तथा चीनलाई प्रस्ताव पठाएको छ । धेरै अघिदेखि छलफल भए पनि दुईपक्षीय सहमतिका लागि पठाइएको पत्र सँगैजस्तो परेको छ । यतिखेर सरकार दुवै देशको प्रतिक्रिया पर्खिइरहेको छ ।

कुन छिमेकीको रेल पहिले ?

जोडिँदै मेची–काली

महोत्तरीको बर्दिवासस्थित सडक कार्यालयको एउटा भवनमा छ, रेल तथा मेट्रो विकास आयोजनाको कार्यालय । कार्यालयको भित्ताभरि अधिग्रहण गरिने जग्गाको सूचना टाँसिएको छ । कोठाको ढोकामाथि मार्करले मोबाइल नम्बर र मुनि कर्मचारीको नाम लेखिएको छ ।

जोडिँदै मेची–काली