आज इद उल फित्र

काठमाडौँ — नेपालसहित एसियाली मुलुकका इस्लाम धर्मावलम्बीहरूले शनिबार इद उल फित्र मनाउँदै छन् । अरबी पात्रो हिजरीको ‘रमजानुल मुबारक’ महिनाभरि रोजा बसेपछि यो पर्व मनाइन्छ । रोजाको अन्तिम दिन आकाशमा चन्द्रोदय भएपछि इद उल फित्रको स्वागत गरिन्छ ।

आज इद उल फित्र

इदको दिन बिहान नुहाइधुवाइ गरी सफा, नयाँ कपडासहित बास्नादार अत्तर लगाएर इदको नमाज अदा गर्न इदगाह वा मस्जिद जान्छन् । इदगाह (खुला स्थान) वा मस्जिदमा भेला भएर समूहमा नमाज पढेपछि एकआपसमा गला मिलाएर इद मुबारक भन्दै शुभकामना आदानप्रदान गरिन्छ । यो खुसी तथा भाइचारा साट्ने पर्व पनि हो ।

यो पर्वमा परिवार, आफन्तजन, छरछिमेकीलाई सेवईलगायत मीठा परिकार खुवाउने चलन छ । यो पर्वमा दिइँदै आएको सार्वजनिक बिदा सरकारले कटौती गरेकामा मुस्लिम समुदाय असन्तुष्ट छन् । उनीहरूले इद उल फित्र, इद उल अजहा र मोहम्मद डेमा दिने गरिएको सार्वजनिक बिदामा पुन: विचार गर्न सरकारसँग माग गरेका छन् । राजनीतिक दलका भ्रातृ संगठनदेखि स्वतन्त्र नागरिकका तर्फबाट इदको बिदा कायम गराउन सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रकाशित : असार २, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?