कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

आइतबार संघीय संसद्को संयुक्त बैठक, संयुक्त नियमावली पेस हुने

काठमाडौँ — संघीय संसद्‍को संयुक्त बैठक आइतबार बस्दै छ । मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ४ बजे संयुक्त बैठक आहवान गरेकी हुन् । संयुक्त कार्यसञ्चालन नियमावली पारित गर्न बैठक बोलाइएको हो ।

आइतबार संघीय संसद्को संयुक्त बैठक, संयुक्त नियमावली पेस हुने

गत सोमबार संयुक्त बैठक बोलाइए पनि स्थगित भएको थियो । संयुक्त बैठक कसले आह्वान गर्ने भन्ने कानुनी प्रावधान नभएकाले राष्ट्रपतिमार्फत बैठक बोलाउन आग्रह भएको प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले बताए । नीति तथा कार्यक्रम र बजेट सार्वजनिक हुँदा भने राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठक बसेको थियो । संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले संघीय संसद्‍को दुवै सदनको संयुक्त बैठक आइतबार आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।


राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यलाई संयुक्त बैठकको जानकारी नै दिइएको छैन । दुवै सदन बिहान ११ बजे बस्दै छ । त्यही बेला संयुक्त बैठकको जानकारी दिइने संसद् सचिवालयले जनाएको छ ।


प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजन बजेटमाथि छलफल जारी छ । आइतबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास र वन तथा वातावरण मन्त्रालयको बजेटमाथि छलफल हुनेछ । यी मन्त्रालयको बजेटमाथि शुक्रबार छलफल हुने भनिए पनि सत्तापक्षकै सांसद मन्त्रीविरुद्ध गालीगलौजमा उत्रिएपछि बैठक सारिएको थियो ।

प्रकाशित : असार २, २०७५ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?