कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

दुर्घटनामा दैनिक ५ को मृत्यु

चालकको लापरबाही र सडकको दुरवस्था प्रमुख कारण
दीपेन्द्र विष्ट

काठमाडौँ — गतवर्ष अनियन्त्रित माइक्रो बसले ठक्कर दिँदा जोरपाटीमा एक पैदलयात्रुको मृत्यु भयो । बा१ज ९८०९ नम्बरको माइक्रो बसले ठक्कर दिँदा भारतका रूपलाल साहको मृत्यु भएको हो । केही साताअघि काभ्रेको साँगाबाट तीव्र गतिमा आएको बा३ख ६६७४ नम्बरको ट्रिपरले भक्तपुर, सूर्यविनायकमा बा५६प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भयो ।

दुर्घटनामा दैनिक ५ को मृत्यु

स्कुटर चालक लोकन्थलीका हरिबहादुर कटुवाल, लोकन्थलीमै १६ वर्षदेखि पसल सञ्चालन गर्दै आएकी दोलखा, मेलुङकी ३६ वर्षीया सविता घिमिरे र उनका १३ वर्षीय छोरा अरविनको घटनास्थलमै ज्यान गएको हो ।


०००

कहिले कति मृतक स|ख्या

२०७०/७१ ८,४०६ १७८७

२०७१/७२ ९,१४५ २००४

२०७२/७३ १०,०१३ २००६

२०७३/७४ १०,१७८ २३८४

२०७४/७५ ९,०५० २०९७

०००


मुलुकभर सवारी दुर्घटनाबाट दैनिक ५ जनाको मृत्यु हुने गरेको एक तथ्यांकले देखाएको छ । प्रहरी प्रधान कार्यालयअन्तर्गतको ट्राफिक निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७४/७५ वैशाख मसान्तसम्म २ हजार ९७ जनाको दुर्घटनामा मृत्यु भएको छ । ९ हजार ५० वटा दुर्घटनामध्ये ६ हजार ९ सय ९२ वटा चालकको लापरबाहीले भएको प्रहरी तथ्यांकमा छ ।


हालसम्मको तथ्यांक विश्लेषण गर्ने हो भने अघिल्लो वर्षभन्दा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या एक प्रतिशतले घटेको छ । तर, दुर्घटना हुने प्रवृत्तिमा फरक आएको देखिँदैन । तथ्यांकअनुसार दुर्घटनामा सडकको दुरवस्था र चालकको लापरबाही प्रमुख कारण देखिन्छ । पाँच आर्थिक वर्षको तथ्यांक केलाउँदा चालकको लापरबाहीले बढी दुर्घटना भएको छ । यो अवधिमा भएका १० हजार १ सय ७८ वटा दुर्घटनामध्ये ७ हजार ४ सय ८७ वटामा चालकको लापरबाही प्रमुख कारण रहेको उल्लेख छ ।


आव २०७०/७१ मा भएका ८ हजार ४ सय ६ वटा दुर्घटनामध्ये ६ हजार ५ वटामा चालकको लापरबाही देखिन्छ । जसमा १ हजार ७ सय ८७ जनाको मृत्यु भएको छ । आव २०७१/७२ मा ९ हजार १ सय ४५ वटा दुर्घटनामध्ये ६ हजार ६ सय ९ वटा चालकको लापरबाहीले भएका छन् । जसमा २ हजार ४ जनाको मृत्यु भएको छ । २०७२/७३ मा १० हजार १३ वटा दुर्घटना भएकामा ७ हजार ४ सय ३२ वटामा चालकको लापरबाही देखिएको छ । जसमा २ हजार ६ जना मृत्यु भएको छ । २०७३ देखि ०७४ जेठ मसान्तसम्ममा २ हजार १ सय ९५ जनाको मृत्यु भएको छ ।


प्रहरी प्रवक्ता शैलेश थापाले चालकको लापरबाहीले दुर्घटना अनुपात बढ्दै गएको बताए । ‘चालकले ओभर कन्फिडेन्टमा गाडी हाँक्छन्, तर सडकको अवस्था नाजुक छ,’ उनले भने, ‘सडकको अवस्था नबुझी गाडी हाँक्दा दुर्घटना बढेको छ ।’ अस्वस्थ प्रतिस्पर्धाले पनि दुर्घटना बढेको उनले बताए ।


सार्वजनिक यातायातमा लामो अध्ययन र अनुसन्धान गरेका प्राध्यापक सूर्यराज आचार्यले सडक पूर्वाधार नै कमजोर भएको बताए । ‘चालक दक्ष त छैनन् तर हाम्रा सडक संरचना पनि गाडीमैत्री छैनन्,’ उनले भने, ‘दुर्घटनाको अनुपातका घटना सडक संरचनामै ध्यान दिनैपर्छ ।’


०००

सवारी तथा यातायात व्यवस्था ऐनमा के छ ?


दफा १६१ : ज्यान मरेमा हुने सजाय

सवारी चलाई कुनै मानिसलाई किचेर, ठक्कर दिएर सवारी दुर्घटना गराउनेलाई सर्वस्वसहित जन्मकैद हुनेछ । कसैले ज्यान मार्ने मनसाय लिई त्यस्तो कार्य गरी ज्यान मर्न गएको रहेनछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्राअनुसार ५ देखि १२ वर्षसम्म कैद हुनेछ ।


दफा १६२ : अंगभंग भएमा हुने सजाय

कुनै मानिसलाई किचेर, ठक्कर लागेर वा दुर्घटना भएर सवारीमा रहेका वा सवारीबाहिर जुनसुकै ठाउँमा रहे/बसेका मानिसको अंगभंग भएमा त्यस्तो कार्य बदनियतसाथ गरेको भए अन्धो वा नपुंसकमध्ये जुनसुकै कुरा भए पनि त्यसरी सवारी चलाउने व्यक्तिलाई आठ वर्षसम्म कैद र दस हजार रुपैयाँसम्म जरिवाना हुनेछ । सवारीधनीले मृत्यु भएमा पीडितको आफन्तलाई ५ लाख रुपैयाँ तिर्ने नियम छ ।


प्रकाशित : असार २, २०७५ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?