मेयरले भने, ‘पाठ सिके, नैतिक जिम्मेवारी लिन्छु’

दीपक परियार

लेखनाथ — डोजरबाट शुक्रबार भएको दुर्घटनाप्रति पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जीसीले दु:ख व्यक्त गरेका छन् । उनले शनिबार विज्ञप्ती प्रकाशन गरेर घटनाको नैतिक जिम्मेवारी लिएको उल्लेख गरेका छन् । 

मेयरले भने, ‘पाठ सिके, नैतिक जिम्मेवारी लिन्छु’

विज्ञप्तीमा भनिएको छ, ‘फुटट्रयाक निर्माणको शुभारम्भ गर्ने क्रममा असावधानीबस एक्कासी एक्साभेटरको बकेट चलेर भएको दुर्घटनाप्रति दु:ख व्यक्त गर्दछु ।’ उनले घटनामा घाइते भएका पत्रकार रञ्जन अधिकारी, सन्देश श्रेष्ठ, नगरबासी गौरी पौडेल, केशव बरालको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।


घाइतेलाई प्रत्यक्ष सम्पर्क गरी पछिल्लो अवस्थाबारे जानकारी लिइएको र महानगरपालिकाले आवश्यक उपचारको सम्पूर्ण व्यवस्था गरेको विज्ञप्तीमा उल्लेख छ । ‘हेभी मेसिनरी औजारको प्रयोग गरी फुटट्रयाक निर्माणको शुभारम्भ गर्दा अपनाउनु पर्ने पर्याप्त सावधानी नपनाइएको र व्यवस्थापकीय कमजोरीले घटना घटेको स्पष्ट पार्दै नैतिक जिम्मेवारी लिन चाहन्छु,’ विज्ञप्तीमा भनिएको छ ।


सोच्दै नसोचेको र अकल्पनीय घटना भएकोले यसले एउटा पाठ सिकाएको महसुस भएको उनको विज्ञप्तीमा उल्लेख छ ।


पोखराको मध्य भाग भएर बग्ने फिर्केखोलाको दुवै किनारमा फुटट्रयाक निर्माणको शुभारम्भ गर्न शुक्रबार उनी डोजर चढेका थिए । उनले असावधानीवस डोजरको लिभर तान्दा बकेट चलेको थियो । बकेटले छेवैको रेलिङ भत्काउँदा आँड लागेर तस्बिर लिँदै गरेका पत्रकार र सर्वधारण खोलामा खसेका थिए ।

प्रकाशित : असार २, २०७५ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?