नेकपाको सांगठनिक एकता छिट्टै

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सांगठनिक एकता टुंग्याउने गृहकार्य सुरु गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको पहिलो स्थायी कमिटी बैठकले पार्टीका जनसंगठन, भ्रातृ संगठन, पेसागत, प्रदेश, जिल्ला तथा स्थानीय तहका कमिटी एक बनाउन गृहकार्य अघि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपाको सांगठनिक एकता छिट्टै

नेकपाले जनवर्गीय र तल्ला कमिटीलाई एक हुन आह्वान गर्ने र विवाद भए महासचिवलाई जानकारी गराउन अपिल गरेको छ ।


बैठकले पार्टी एकता एक अद्वितीय, असाधारण र विशिष्ट घटना भएकाले त्यसका आधारमा अघि बढ्नुपर्नेमा जोड दिँदै सांगठिक एकीरकणको प्रक्रियालाई छिटोभन्दा छिटो अघि बढाउने निष्कर्ष निकालेको प्रवक्ता श्रेष्ठले बताए । बैठकमा महासचिव विष्णु पौडेलले एकतापछि भएका सांगठनिक कामहरुका बारेमा जानकारी गराएका थिए ।


महासचिव पौडेलको संयोजकत्वमा गठित नियमावली मस्यौदा कार्यदलले बुझाएको मस्यौदा दुई साताभित्र पारित गर्ने निर्णय पनि भएको छ । मस्यौदामाथि स्थायी कमिटी सदस्यहरुले १० दिनभित्र आफ्ना राय–सुझावहरु दिने र केन्द्रीय सचिवालयले सुझावहरु समेटेर तयार पारेको प्रस्ताव १५ दिनभित्र स्थायी कमिटीको बैठकबाट पारित गर्ने तय भएको छ ।


बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणबारे जानकारी गराएका थिए । उनले चीनसँग १३ विषयमा समझदारी गर्ने तयारी भएको जानकारी दिएका थिए ।


नेकपाले बजेटमा सत्तारुढ सांसदहरुका असन्तुष्टि सम्बोधन गर्न मन्त्रीहरुसँग छलफल गर्ने र बजेट संशोधन गर्ने निर्णय गरेको छ ।


प्रकाशित : असार २, २०७५ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?