२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४
समाचार

News

स्थानीय तहको अधिकार खाेस्दै प्रदेश सांसदलाई पनि बजेट

स्थानीय तहले पाएको विकास–निर्माणसम्बन्धी संवैधानिक अधिकारमाथि हस्तक्षेप गर्दै संघीय सरकारले झैं पाँचवटा प्रदेशले पनि विवादास्पद ‘निर्वाचन क्षेत्र विकास’ र सांसदका लागि बजेट छुट्टयाएका छन् । 

स्थानीय तहको अधिकार खाेस्दै प्रदेश सांसदलाई पनि बजेट

नारायणगढ-मुग्लिन सडकमा पहिरो रोक्नै चुनौती

पछिल्लो तीन वर्षयता मुग्लिन–नारायणगढ सडकका यात्रीले भोगेको कष्ट बयान गरिसाध्य छैन । एसियाली मापदण्डअनुरुप विस्तार गर्ने क्रममा खनिएको सडक बर्खामा हिलोले पार गर्नै मुस्किल थियो । त्यसमाथि पहाड काटिँदा ठाउँठाउँमा पहिरो खस्नु सामान्य हुन पुग्यो । 

नारायणगढ-मुग्लिन सडकमा पहिरो रोक्नै चुनौती

यसैवर्ष जनकपुरमा रेल गुड्ने !

भारत सरकारको सहयोगमा सञ्चालित जनकपुर रेल्वे विस्तार तथा स्तरोन्नति परियोजनाको काम अन्तिम चरणमा छ । १० अर्बभन्दा बढीको यो परियोजना दुई वर्ष ढिला भए पनि यस वर्ष (सन् २०१८) भित्र जनकपुरवासीको ब्रोडगेज रेल चढने सपना पूरा हुने छाँट देखिएको छ । 

यसैवर्ष जनकपुरमा रेल गुड्ने !

संसद‌्‌मा दुईवटा संयुक्त समिति गठन हुने

संघीय संसद‌्‌मा दुवै सभाका सदस्यहरू रहने गरी दुईवटा संयुक्त समिति रहने तय भएको छ । संंघीय संसदको संयुक्त बैठक र समितिहरूको कार्यसञ्चालन नियमावली मस्यौदा आइतबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा पेस गरिएको छ ।

संसद‌्‌मा दुईवटा संयुक्त समिति गठन हुने

प्रधानमन्त्रीको पुर्ख्यौली गाउँ विकासमा पछि

केन्द्रमा पहुँच नहुँदा विकासमा पछि परेको गुनासो गरिरहने जिल्लावासी आफ्नै जिल्लामा जन्मिएका केपी ओली दुई पटकसम्म प्रधानमन्त्री भइसक्दा पनि उत्साहित हुन सकेका छैनन् ।

प्रधानमन्त्रीको पुर्ख्यौली गाउँ विकासमा पछि

विशेष अनुसन्धान समितिको म्याद थपियो

सरकारले सुन तस्करी र सनम शाक्य हत्या घटना अनुसन्धान गरी दोषीहरूलाई कारबाही गर्न गठित विशेष अनुसन्धान समितिको म्याद थप गरेको छ ।

विशेष अनुसन्धान समितिको म्याद थपियो

२१ सहसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार २१ जना सहसचिवको सरुवा गरेको छ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका स्वकीय सचिव ओसिम आलमका अनुसार सरुवा गरिएकामध्ये धेरैलाई प्रदेशका मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । 

२१ सहसचिवको सरुवा

राष्ट्रियसभा सांसदको कार्यकाल भोलि गोलाप्रथाबाट निर्धारण हुने  

राष्ट्रियसभाका ५९ जना सांसदको कार्यकाल सोमबार हुने गोलाप्रथाबाट निर्धारण हुँदैछ । गोलाप्रथाबाट १९ जनाको दुई वर्ष, २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष पदावधि निर्धारण गर्न लागिएको हो ।

राष्ट्रियसभा सांसदको कार्यकाल भोलि गोलाप्रथाबाट निर्धारण हुने  

कांग्रेस जिल्ला सभापति भेलाको तयारी अन्तिम चरणमा

नेपाली कांग्रेस जिल्ला सभापतिहरुको हेटौडामा हुने राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।  सोमबारसम्म भेलाको तयारी पुरा  हुने कांग्रेस मकवानपुरले जनाएको छ ।

कांग्रेस जिल्ला सभापति भेलाको तयारी अन्तिम चरणमा

प्रशासकीय अदालतको विधेयक संसदमा पेश 

सरकारले प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गरेको छ । कर्मचारीको सरुवा, बढुवा र अवकास सम्बन्धी हुने मुद्दाको अन्तिम किनारा लगाउन प्रशासकीय अदालतलाई थप जिम्मेवारी दिइएको विधेयक कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आइतबार राष्ट्रिय सभामा पेश गरेका हुन् । 

प्रशासकीय अदालतको विधेयक संसदमा पेश 

यतिको विमान दुर्घटनाबाट जोगियो

काठमाडौंबाट पोखरा आएको यति एयरको नाइन-एनएएचयू नम्बरको जहाज हाइड्रोलिक फेल भएपछि आइतबार पोखरा विमानस्थलको रनवेभन्दा बाहिर गएको छ । 

यतिको विमान दुर्घटनाबाट जोगियो

सुरुङमा पुरिएका ४ को ३९ घण्टा पछि जीवितै उद्धार

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा पुरिएका ४ जनाको आइतबार जीवितै उद्धार गरिएको छ ।मकालु गाउँपालिकाको फ्याक्सिन्दामा पुरिएका उनीहरुको ३९ घण्टा पछि जीवितै उद्धार गरिएको हो ।

सुरुङमा पुरिएका ४ को ३९ घण्टा पछि जीवितै उद्धार

प्रतिनिधिसभा नियमावली कार्यान्वयनमा आलटाल, विपक्षी दलको विरोध

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाले आफ्नै नियमावलीमा भएको व्यवस्था कार्यान्वयन गर्न आलटाल गरेको छ । प्रत्येक महिनाको पहिलो र तेस्रो हप्तामा बस्ने बैठकमा प्रधानमन्त्रीलाई प्रश्न सोध्न सकिने व्यवस्था भएपनि प्रतिनिधिसभाको आइतबारको बैठकमा उक्त विषयको कार्यान्वयन नभएको हो ।

प्रतिनिधिसभा नियमावली कार्यान्वयनमा आलटाल, विपक्षी दलको विरोध

सर्वोच्चको आदेशबिरुद्ध रामेछापमा प्रदर्शन 

बीपी राजमार्गमा ठूला ढुवानीका साधन चलाउन रोक लगाएपछि रामेछापमा खाद्यान्नका गोदाम रित्तिएको भन्दै व्यवसायी र सर्वसाधारणले रित्ता थाल ठटाउँदै आइतबार बिहान मन्थलीमा प्रदर्शन गरेका छन् । 

सर्वोच्चको आदेशबिरुद्ध रामेछापमा प्रदर्शन 

महाकाली बाढीका ५ वर्ष : अझै हटेन त्रास

महाकाली नदीमा आएको बाढीले दार्चुला सदरमुकाम खलंगामा वितण्डा मच्चाएको ५ वर्ष बिते पनि तटीय क्षेत्रका बासिन्दामा त्रास कायमै छ । यसपटक पनि वर्षा सुरु भइसकेकाले उनीहरू त्रासैत्रासमा रात बिताउन बाध्य छन् ।

महाकाली बाढीका ५ वर्ष : अझै हटेन त्रास

स्थानीय सरकारले पाउँदैन यार्चा राजस्व

डोल्पाको जगदुल्ला गाउँपालिका भएर यार्चा टिप्न जाने संकलकबाट शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले प्रवेश शुल्कबापत करिब ४१ लाख रुपैयाँ संकलन गर्‍यो । तर, यसको एक रुपैयाँ पनि गाउँपालिकाले पाएन ।

स्थानीय सरकारले पाउँदैन यार्चा राजस्व

खुल्यो शिक्षक विज्ञापन

अस्थायी शिक्षकको आन्तरिक परीक्षा स्थगित गरेको शिक्षक सेवा आयोगले खुलातर्फ १२ हजार ७ सय ३९ पदका लागि विज्ञापन गरेको छ । आयोगका प्रशासकीय प्रमुख तुलसीप्रसाद थपलियाका अनुसार प्राथमिक तहमा ९ हजार ९ सय ९६, निमाविमा १ हजार ६ सय ३५ र माविमा १ हजार १ सय ८ संख्यामा विज्ञापन खुलाइएको हो ।

खुल्यो शिक्षक विज्ञापन

चिकित्सा छात्रवृत्ति व्यवस्थापन कार्यविधि : अनिवार्य सेवा अवधि घटाउन दबाब

जनताले तिरेको करबाट चिकित्साशास्त्रमा स्नातकोत्तर अध्ययन गरेपछि राज्यले खटाएको ठाउँमा पाँच वर्ष अनिवार्य सेवा गर्नुपर्ने प्रस्तावित प्रावधानप्रति डाक्टरहरूले असन्तुष्टि जनाएका छन् । उक्त प्रावधान घटाएर दुई वर्ष कायम गर्न उनीहरूले दबाब दिएका छन् ।

चिकित्सा छात्रवृत्ति व्यवस्थापन कार्यविधि : अनिवार्य सेवा अवधि घटाउन दबाब

‘स्थानीयसँग छलफलै नगरी बसपार्क निर्णय’

बुङमती फर्सिडोलका ४९ वर्षीय ज्ञानुराज तुलाधरको डडीफाँटमा एक रोपनी २ आना खेत छ । त्यही खेतमा उब्जेको अन्नबाट उनका परिवारले जीविकोपार्जन गर्दै आएका छन् ।

‘स्थानीयसँग छलफलै नगरी बसपार्क निर्णय’

आज संघीय संसद्को संयुक्त बैठक

संघीय संसद्को संयुक्त बैठक आइतबार बस्दै छ ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ४ बजे संयुक्त बैठक आह्वान गरेकी हुन् । संयुक्त कार्यसञ्चालन नियमावली पारित गर्न बैठक बोलाइएको हो ।

आज संघीय संसद्को संयुक्त बैठक

देउवा झन् कमजोर

कांग्रेसभित्र नेतृत्व परिवर्तनको मुद्दा उठिरहेका बेला त्यसैलाई बल पुग्ने गरी पार्टीमा सभापति शेरबहादुर देउवाको प्रभाव खुम्चिन थालेको छ । हालै सम्पन्न तीन भ्रातृसंस्थाको निर्वाचन परिणामले देउवाको प्रभाव घट्दै गएको पुष्टि गरेको हो ।

देउवा झन् कमजोर

सत्तापक्षबाटै बजेटको आलोचना

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले आफ्नै दलको सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि ल्याएको बजेटप्रति तीव्र असन्तुष्टि जनाएका छन् । उनीहरूले चुनावी घोषणापत्र र नीति तथा कार्यक्रमलाई बजेटले बिर्सिएको भन्दै अर्थमन्त्रीको आलोचना गरे ।

सत्तापक्षबाटै बजेटको आलोचना

काठमाडौं–निजगढ द्रुतमार्ग : डीपीआर बनाउन ६ कम्पनी छनोट

तराई द्रुतमार्ग (एक्सप्रेस वे) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि प्रस्ताव दर्ता गराएका १७ मध्ये ६ कम्पनी पहिलो चरणमा सूचीकृत भएका छन् । द्रुतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाले साढे ३ महिनाको समय राखेर प्रस्ताव माग गरेकामा एक नेपालीसहित १७ कम्पनी इच्छुक देखिएका थिए ।

काठमाडौं–निजगढ द्रुतमार्ग : डीपीआर बनाउन ६ कम्पनी छनोट

संरक्षित क्षेत्रबारे अधिकार विवाद

प्रदेश ४ समन्वय परिषद् बैठकमा मनाङको नेस्याङ गाउँपालिका उपाध्यक्ष मेङ्खु गुरुङले स्थानीय तहलाई तोकिएको अधिकार लिन नसकेको गुनासो पोखिन् । उनले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गर्दा काम गर्न गाह्रो परेको बताइन् ।

संरक्षित क्षेत्रबारे अधिकार विवाद

मानसरोवर जान रसुवागढी

कैलाश मानसरोवर जाने तीर्थयात्रीका लागि रसुवागढी नाका सस्तो र सहज बन्दै गएको छ । यसै कारण यो नाका भएर मानसरोवर जाने भारतीय तीर्थयात्री बढेका छन् । अहिले यो नाकाबाट पर्यटकलाई मानसरोवर लैजाने १५ वटाजति ट्राभल र ट्रेकिङ एजेन्सी छन् ।

मानसरोवर जान रसुवागढी

स्याउ फर्काउँदै हेलम्बु

हेलम्बुको निगालेगाउँका छिरिङ लामा ह्योल्मो दुई दशकपछि स्याउ खेतीमा फर्किएका छन् । भारतको हिमाचलबाट ५ सय बिरुवा ल्याएर हेलम्बुमा स्याउ फर्काउन उनी कस्सिएका हुन् ।अज्ञात रोगले स्याउ सखाप भएपछि खेती नै छाडेका किसान पुन: स्याउ खेतीमा जुटेका छन् ।

स्याउ फर्काउँदै हेलम्बु