कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खानेपानी संस्थानको बोर्डमा ९ सदस्य मात्रै

काठमाडौँ — सरकारले नेपाल खानेपानी संस्थानको सञ्चालक समिति (बोर्ड) लाई ९ सदस्यीय बनाउने निर्णय गरेको छ ।

खानेपानी संस्थानको बोर्डमा ९ सदस्य मात्रै

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले खानेपानी संस्थानको १९ सदस्यीय बोर्डलाई ९ मा झार्ने निर्णय गरेको सरकार प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।


यस्तै बैठकले लेखा परीक्षण विधेयक स‌ंघीय संसद्‌मा पेस गर्न स्वीकृति दिएको छ भने उच्च सरकारी वकिलको कार्यालय ओखलढुंगा र वीरगन्जको दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।


मन्त्रिपरिषद् बैठकले सूचना प्रविधि तथा सार्वजनिक प्रसारण सेवासम्बन्धी नयाँ विधेयक तर्जुमा गर्न सहमति दिनुका साथै शिक्षा विज्ञान प्रविधि मन्त्रालय, वाणिज्य मन्त्रालय, राजस्व अनुसन्धान विभागहरुको सांगठन संरचना स्वीकृत गर्ने निर्णय पनि भएको सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिए ।

प्रकाशित : असार ३, २०७५ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?