१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

संसद्‌मा मन्त्री नगएपछि बैठक स्थगित

मकर श्रेष्ठ

काठमाडौँ — प्रतिनिधिसभामा आइतबार विनियोजन विधेयकको मन्त्रालयगत छलफलमा मन्त्री अनुपस्थित भएपछि बैठक स्थगित गर्नु परेको छ ।

संसद्‌मा मन्त्री नगएपछि बैठक स्थगित

आइतबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संघीय महिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास र वत तथा वातारण मन्त्रालयको बजेटमाथि छलफल चलिरहँदा मन्त्री नभएको भन्दै विपक्षी दलका सांसद अमरेशकुमार सिंहले प्रश्न उठाएपछि १५ मिनेटको लागि बैठक स्थगित भएको हो । आइतबार छलफल भएको मन्त्रालयका कुनै पनि मन्त्री बैठकमा उपस्थित थिएनन् । तर, छलफल नै नभएको स्वास्थ्य मन्त्रालयकी राज्यमन्त्री मात्रै पद्मा अर्यालमात्रै संसद्‌मा थिइन् ।


उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभा सञ्चालन गरिरहेको बेला मन्त्रीको उपस्थितिको प्रश्न उठेपछि उनले सरकारको उपस्थिति रहेको भन्दै सांसद सिंहलाई बस्न बारम्बार आग्रह गरे । प्रमुख प्रतिपक्षका सांसदहरु सबै उठेर विरोध जनाएपछि भने १५ मिनेट स्थगित हुने उनले सदनलाई जानकारी गराइन् ।


प्रतिनिधिसभा नियमावलीको परिच्छेद २ को नियम ६ को उपनियम ५ मा बैठकमा मन्त्रीको उपस्थिति रुपमा हुनु पर्ने व्यवस्था छ । त्यस्तै कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदाको अवस्थामा सम्बन्धित मन्त्री अनिवार्य उपस्थित हुनु पर्ने नियमावलीमा व्यवस्था छ । नियमावलीमा भएको व्यवस्थालाई वास्ता नगरी मन्त्रीहरु मन्त्रालयगत बजेटमा छलफल हुँदा पनि बैठकमा उपस्थित हुँदैनन् । विपक्ष दललका सांसदले प्रश्न उठाएपछि बैठक १५ मिनेट स्थगित गर्नु परेको थियो । बैठक नै स्थगित भएपछि मन्त्रीहरु संसद् पुगेका छन् ।

सदन नै खाली हुँदा पनि बैठक भने निरिन्तर चलिरहेको थियो । सांसदहरु बैठकमा हाजिर गरेर केही बाहिरिएका थिए भने केही खाजा खाना क्यान्टिनमा थिए । प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा परेका सांसदहरु भने प्रधानमन्त्री निवास बालुवाटर गएका थिए ।


स्थगित बैठक सञ्चालन गर्न भने सभामुख कृष्णबहादुर महरा आफैं आइपुगे । बैठकको सुरुमै महराले सरकारको ध्यानाकर्षण गराए । ‘बैठकमा मन्त्रीको उपस्थित हुनु पर्दछ । मन्त्रालयको छलफल हुँदा सम्बन्धित मन्त्री सहभागी हुनु पर्ने व्यवस्था छ । आज विनियोजन बजेटको छलफलमा मन्त्रीको उपस्थिति नहुँदा स्थगित हुनु परेको हो,’ उनले भने, ‘यस विषय आगामी दिनमा नदोहोरियोस् ।’

प्रकाशित : असार ३, २०७५ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?