कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

यतिको विमान दुर्घटनाबाट जोगियो

पोखरा विमाननस्थलमा अवतरणको क्रममा विमानको 'हाइड्रोलिक फेल'

पोखरा — काठमाडौंबाट पोखरा आएको यति एयरको नाइन-एनएएचयू नम्बरको जहाज हाइड्रोलिक फेल भएपछि आइतबार पोखरा विमानस्थलको रनवेभन्दा बाहिर गएको छ । 

यतिको विमान दुर्घटनाबाट जोगियो

दिउँसो २ : ४५ बजे अवतरणपछि पार्किङमा ल्याउने क्रममा जहाज रनवेभन्दा बाहिर गएपनि यात्रु र चालक दलका सबै सकुशल छन् ।


विमानमा ३० यात्रु र चालक दलका तीनजना थिए । ‘पार्किङमा ल्याउँदै गर्दा हाइड्रोलिक फेल भएछ,’ पोखरा विमानस्थलका प्रवक्ता काशीनाथ पौडेलले भने, ‘कुनै क्षति वा दुर्घटना भएको होइन । जहाजले एयरपोर्टमा अरु कसैलाई बाधा पनि पारेको छैन ।’


अवतरणका क्रममा हाइड्रोलिकले काम नगरेपछि रनवे बाहिर पुगेर रोकिएको जहाजबाट यात्रु र चालक दलका सबै सदस्य बाहिर निस्किसकेको उनले बताए ।


यति एयरले प्राविधिक टोली बोलाएकाले त्यसकै प्रतीक्षामा रहेको विमानस्थलले जनाएको छ ।

प्रकाशित : असार ३, २०७५ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?