यतिको विमान दुर्घटनाबाट जोगियो

पोखरा विमाननस्थलमा अवतरणको क्रममा विमानको 'हाइड्रोलिक फेल'
भीम घिमिरे, लालप्रसाद शर्मा

पोखरा — काठमाडौंबाट पोखरा आएको यति एयरको नाइन-एनएएचयू नम्बरको जहाज हाइड्रोलिक फेल भएपछि आइतबार पोखरा विमानस्थलको रनवेभन्दा बाहिर गएको छ । 

दिउँसो २ : ४५ बजे अवतरणपछि पार्किङमा ल्याउने क्रममा जहाज रनवेभन्दा बाहिर गएपनि यात्रु र चालक दलका सबै सकुशल छन्।

Yamaha

विमानमा ३० यात्रु र चालक दलका तीनजना थिए। ‘पार्किङमा ल्याउँदै गर्दा हाइड्रोलिक फेल भएछ,’ पोखरा विमानस्थलका प्रवक्ता काशीनाथ पौडेलले भने, ‘कुनै क्षति वा दुर्घटना भएको होइन। जहाजले एयरपोर्टमा अरु कसैलाई बाधा पनि पारेको छैन।’

अवतरणका क्रममा हाइड्रोलिकले काम नगरेपछि रनवे बाहिर पुगेर रोकिएको जहाजबाट यात्रु र चालक दलकासबै सदस्य बाहिर निस्किसकेको उनले बताए।

यति एयरले प्राविधिक टोली बोलाएकाले त्यसकै प्रतीक्षामा रहेको विमानस्थलले जनाएको छ।

प्रकाशित : असार ३, २०७५ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पोखरा मेयरका मा‌ओवादी उम्मेदवार लामिछानेद्वारा उम्मेदवारी फिर्ता

दुवै पार्टीका उपमेयर उम्मेदवार यथावत
भीम घिमिरे, लालप्रसाद शर्मा

कास्की — स्थानीय तह निर्वाचनका लागि पोखरा लेखनाथ महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार बनेका विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेलको निर्णयसँगै लामिछानेले बिहीबार आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

स्थानीय तह निर्वाचनका लागि पोखरा लेखनाथ महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार बनेका विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता लिएका छन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेलको निर्णयसँगै लामिछानेले बिहीबार आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । कास्कीमा पोखरा लेखनाथ महानगरपालिका तथा चार गाउँपालिकामा लामिछानेसहित ३० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पोखरा महानगरपालिका मेयरमा कांग्रेसलाई सघाउन माओवादी केन्द्र सहमत भएको थियो ।

कांग्रेस कास्कीका सभातपि कृष्ण केसीका अनुसार माओवादीले मेयरको उमेदवारी फिर्ता लिएर कांग्रेसलाई सघाउने तर उपमेयरमा दुवै पार्टीका आ-आफ्ना उम्मेदवार कायम रहने केन्द्रीय सहमति बनेको थियो । पोखरामा कांग्रेसबाट उपमेयरमा सरस्वती गुरुङ र माओवादीबाट गोमा ढकालले उम्मेदवारी दिएकी छिन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मादी गाउँपालिकामा एकजना वडाध्यक्ष, अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष एकजना दुई वडाध्यक्ष र दुई वडा सदस्य गरी पाँच जनाले उम्मेदवारी फिर्ता लिएका छन । साथै माछापुच्छ्रे गाउँपालिकामा एक स्वतन्त्रबाट प्रमुखमा उम्मेदवारी दिएका एकजना र अर्का एकजनाले वडाध्यक्षको उम्मेदवारी फिर्ता लिएका छन् । पोखरा लेखनाथ महानगरपालिकामा ८ सय ६५ सहित कास्कीमा १५ सय ५० उम्मेदवार चुनावी मैदानमा छन् ।

निर्वाचन अाउन अब १० दिन मात्रै बाँकी छ ।

प्रकाशित : वैशाख २१, २०७४ १७:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT