१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

प्रशासकीय अदालतको विधेयक संसदमा पेश 

मकर श्रेष्ठ

काठमाडौँ — सरकारले प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गरेको छ । कर्मचारीको सरुवा, बढुवा र अवकास सम्बन्धी हुने मुद्दाको अन्तिम किनारा लगाउन प्रशासकीय अदालतलाई थप जिम्मेवारी दिइएको विधेयक कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आइतबार राष्ट्रिय सभामा पेश गरेका हुन् । 

प्रशासकीय अदालतको विधेयक संसदमा पेश 

सर्वोच्च अदालतमा कर्मचारी प्रशासनमा पर्ने चाप कम गर्न प्रशासन अदालतको क्षेत्राधिकार वृद्धि गरेर यो विधेयक ल्याइएको तामाङले सदनलाई जानकारी गराए ।


‘न्यालयमा पर्ने १७ देखि २३ प्रतिशत मुद्धा कर्मचारी प्रशासनमा जोडिने हेर्नु परेको अवस्था छ,’ उनले भने, ‘सरुवा, बढुवा र अवकासको मुद्दा प्रशासकीय अदालत भित्रै छिन्न सक्ने गरी यो विधेयक बनाइएको हो ।’


प्रशासकीय अदालतको प्रादेशिक क्षेत्राधिकार समेत तोकिएको छ । काठमाडौं बाहिरको उच्च अदालतमा प्रशासकीय इजलास गठन हुने व्यवस्था गरिएको छ ।


प्रकाशित : असार ३, २०७५ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?