१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

कांग्रेस जिल्ला सभापति भेलाको तयारी अन्तिम चरणमा

प्रताप विष्ट

हेटौडा — नेपाली कांग्रेस जिल्ला सभापतिहरुको हेटौडामा हुने राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।  सोमबारसम्म भेलाको तयारी पुरा  हुने कांग्रेस मकवानपुरले जनाएको छ ।

कांग्रेस जिल्ला सभापति भेलाको तयारी अन्तिम चरणमा

भेला तयारी समितिका प्रचारप्रसार संयोजक प्रदीप कोइरालाले खाजा खाना, आवास, प्रदेश समन्वय, अतिथी समन्वय, प्रचारप्रसार, मञ्च व्यवस्थापन, सांस्कृतिक कार्यक्रम लगायतका ११ समिति/उपसमिति संयोजक तोकेर तयारी तीव्र पारिएको उनले जानकारी दिए । उनले केन्द्रीय सचिवालयका सचिवलगायत कर्मचारीहरु आइतबार बेलुकासम्म हेटौडा आईपुग्ने बताए ।


७७ जिल्लाका सभापति र केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु सोमबार बेलुकासम्म हेटौडा आइपुग्ने मकवानपुर कांग्रेसले जनाएको छ । भेलामा केन्द्रीय कार्यसमिति र प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरु सहभागी हुनेछन् ।


३ सय जनालाई बास व्यवस्थापन गर्न होटल बुक गरिसकेको कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले जानकारी दिए ।


सभापतिहरुको राष्ट्रिय भेलाको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार एक भव्य समारोहबीच गर्ने कार्यक्रम रहेको छ । नगरका ४ स्थानमा स्वागतद्वार बनाउने कार्य भइरहेको छ । २ हजार झण्डा टाँग्ने तयारी रहेको कांग्रेसले जनाएको छ ।


केन्द्रीय पदाधिकारी र सदस्यसहित हुने जिल्ला सभापतिको भेलामा संगठन निर्माण, संघीय व्यवस्थामा संगठन संरचना र समसामयिक राजनीतिक सन्दर्भमा कांग्रेसको भूमिकाबारेमा छलफल हुनेछ ।


प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा दोस्रो शक्तिमा खुम्चिएको कांग्रेसले भेलापछि राष्ट्रिय जागरण अभियान चलाउने जनाएको छ ।

प्रकाशित : असार ३, २०७५ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?