पेट्रोलको मूल्य ३ रुपैयाँ घट्यो

खाना पकाउने ग्यासको मूल्य यथावत
राजु चौधरी

काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि आइतबार राती १२ बजेदेखि मूल्य घटाएको हो ।

पेट्रोलको मूल्य ३ रुपैयाँ घट्यो

‘भारतीय आयल निगम (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा घटेको छ । सोहीअनुसार पेट्रोलमा ३ र डिजेल/ मटितेलमा २/२ रुपैयाँ घटाएका छौँ,’ निगमका प्रवक्ता विरेन्द्र गोइतले भने, ‘नयाँ मूल्यसूची आइतबार राति १२ बजेदेखि लागू हुनेछ ।’

नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय १० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९३/९३ रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । हाल हवाई इन्धन(आन्तरिक)को मूल्य प्रतिलिटर १ सय रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर १.०७५ अमेरिकी डलर छ ।

एलपी ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ तोकेको छ । मूल्य समायोजन गर्दा निगमको १५ दिनको घाटा ७ करोड ८६ लाख रुपैयाँ हुने प्रवत्ता गोइतले बताए । यसअघि निगमको घाटा १८ करोड ६२ लाख रहेको जनाएको थियो ।

स्वचालित मूल्य २०७१ असोजबाट लागू भएको हो । आयल निगम अत्याधिक घाटामा गएपछि सरकारले स्वाचालित मूल्य लागू गरेको थियो । स्वाचालित मूल्य अनुसार भारतीय आयल निगम (आइओसी)ले १ र १५ तारिखमा नयाँ मुल्य पठाउँछ । सोही अनुसार मूल्य समायोजन गर्दे आएको निगमको दाबी छ ।

प्रकाशित : असार ३, २०७५ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?