३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

विशेष अनुसन्धान समितिको म्याद थपियो

काठमाडौँ — सरकारले सुन तस्करी र सनम शाक्य हत्या घटना अनुसन्धान गरी दोषीहरूलाई कारबाही गर्न गठित विशेष अनुसन्धान समितिको म्याद थप गरेको छ ।

विशेष अनुसन्धान समितिको म्याद थपियो

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले समितिको म्याद असार मसान्तसम्मका लागि थप गरेको हो ।


गत चैत ३० मा मन्त्रिपरिषद्ले संगठित अपराध निवारण ऐन २०७० को दफा १२ अनुसार गृह मन्त्रालयका सहसचिव ईश्वरीराज पौडेलको नेतृत्वमा विशेष अनुसन्धान समिति गठन गरेको थियो । सुरुमा दिइएको ४५ दिनको समय अपर्याप्त भएपछि सरकारले समितिको म्याद थपेको हो ।


खानेपानी संस्थानको बोर्ड सदस्य घटाइयो

सरकारले नेपाल खानेपानी संस्थानको बोर्ड सदस्य ९ जना मात्रै कायम गरेको छ । मन्त्रिपरिषद् बैठकले बोर्डमा १९ सदस्य रहेकामा १० जना कटौती गरी ९ जना मात्रै कायम राख्ने निर्णय गरेको हो । सरकारले उच्च सरकारी वकिलको कार्यालय ओखलढुंगा र वीरगन्जका लागि थप दरबन्दी स्वीकृत गरेको छ । उच्च अदालतको इजलास रहेका ती दुई जिल्लाका उच्च सरकारी वकिलको कार्यालयमा कर्मचारी अपुग भएपछि थप दरबन्दी स्वीकृत गरिएको जानकारी मन्त्रिपरिषद् स्रोतले दिएको छ ।

प्रकाशित : असार ३, २०७५ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?