१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

'सरकार प्रत्येक मोर्चामा असफल'

श्यामसुन्दर शशि

जनकपुर — नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले ओली नेतृत्वको वर्तमान सरकार प्रत्येक मोर्चामा असफल रहेको आरोप लगाएका छन् ।

'सरकार प्रत्येक मोर्चामा असफल'

सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस नेता खाँडले आर्थिक,सामाजिक तथा प्रशासनिक लगायत सम्पूर्ण मोर्चामा सरकार असफल रहेको दाबी गरे । ‘हालै घोषित बजेटमा मूल्यवृद्धि ६ प्रतिशतमा मै सिमित राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ तर बाजारको मूल्य वृद्धि १० प्रतिशत नाघी सक्यो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि त १३ प्रतिशत भन्दा अधिक भइसक्यो ।’ उनले भने ।

नेपाली कांग्रेस सरकारको हनिमून (१सयदिन) पिरियडका कारण हालसम्म चुप्प बसेको उल्लेख गर्दै उनले महंगी,कुशासन तथा अन्य राजनीतिक दलहरुप्रति सरकारले प्रर्दशन गरेको असहिस्नु व्याबहार विरुद्ध संसद र सडकमा कडा प्रतिवाद गर्ने चेतावनी पनि उनले दिए ।

नेता खाँडले ओली नेतृत्वको सरकार आफ्नो विश्वास गुमाउँदै गएको दाबी पनि गरे । ‘ ओली सरकार गठन भएयता सेयर बजार निरन्तर ओरालो लागेको छ । नेपालीले विश्वास नगरेको सरकारमाथि विदेशी लगानीकर्ताहरु कसरी विश्वास गर्लान् ?’ उनले प्रतिप्रश्न गरे ।

संविधानमा रहेका त्रुटीहरु सच्चाउन संशोधन आवश्यक रहेको उल्लेख गर्दै उनले दुई तिहाइ बहुमतको ओली सरकारलाई यथाशीघ्र संविधान संशोधन गर्न आग्रह पनि गरे ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेन्द्र यादव तथा प्रदेश २ का कांग्रेस संसदीय दलका नेता रामसरोज यादवलगायतका नेताहरुको समेत उपस्थिती थियो ।

प्रकाशित : असार ४, २०७५ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?