२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६
समाचार

News

कार्यबाहक प्रधानमन्त्रीसँग भेटे पाकिस्तानी आर्म फोर्सका प्रमुखले

पाकिस्तान आर्म्ड फोर्सका प्रमुख जुबैर मोहम्मद हायातले नेपालको राजनीतिक स्थायित्वको प्रशंसा गर्दै विकास प्रक्रियामा मुलुक अघि बढेकामा खुसी व्यक्त गरेका छन् ।

कार्यबाहक प्रधानमन्त्रीसँग भेटे पाकिस्तानी आर्म फोर्सका प्रमुखले

विद्यालय पुनर्निर्माणमा २४ अर्ब अपुग

भूकम्पबाट भत्किएका विद्यालयको पुनर्निर्माणका निम्ति २४ अर्ब रुपैयाँ बजेट अपुग देखिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयनका अनुसार विद्यालय निर्माणमा सरकारी बजेट कम भएकाले समस्या भएको छ ।

विद्यालय पुनर्निर्माणमा २४ अर्ब अपुग

७४ प्रतिशत जारको पानी दूषित

सर्वसाधारणले उपभोग गर्ने जारको पानीमा दिसामा पाइने जीवाणु (इकोलाई) भेटिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले गरेको अध्ययन/परीक्षणमा करिब ७४ प्रतिशत जारको पानीमा उक्त जीवाणु फेला परेको हो ।

७४ प्रतिशत जारको पानी दूषित

विद्यालय पुनर्निर्माणमा २४ अर्ब अपुग

भूकम्पबाट भत्किएका विद्यालयको पुनर्निर्माणका निम्ति २४ अर्ब रुपैयाँ बजेट अपुग देखिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयनका अनुसार विद्यालय निर्माणमा सरकारी बजेट कम भएकाले समस्या भएको छ ।

विद्यालय पुनर्निर्माणमा २४ अर्ब अपुग

सफल होला त काठमाडौं महानगरको कर अभियान वर्ष ?

महानगरपालिकाले आर्थिक वर्ष ०७३/०७४ मा लक्ष्य राखेको भन्दा एकतिहाइ मात्रै कर असुल्न सफल भयो । ६ अर्ब ९२ करोड ५५ लाख ८२ हजार राजस्व उठाउने लक्ष्य राखेकोमा जेठ महिनासम्म २ अर्ब ३४ करोड ४९ लाख ११ हजार असुली भएको थियो ।  

सफल होला त काठमाडौं महानगरको कर अभियान वर्ष ?

कर्मचारीका भरमा तीन आयोग

संवैधानिक व्यवस्थाअनुसार गठन भएका दलित, महिला र मुस्लिम आयोग निष्क्रियजस्तै बनेका छन् । तीनवटै आयोग कर्मचारीका भरमा चलिरहेका छन् । पदाधिकारी नियुक्त नहुँदा नीतिगत निर्णय हुन सकेको छैन । 

कर्मचारीका भरमा तीन आयोग

१२ लाख धरौटीमा छुटे भिएलएनका सञ्चालक

मलेसिया जाने कामदारसँग अवैध ढंगले शुल्क लिने मलेसिया भिएलएनका सञ्चालक राम श्रेष्ठलाई १२ लाख धरौटी लिई छोड्न जिल्ला अदालत, ललितपुरले मंगलबार आदेश जारी गरेको छ । 

१२ लाख धरौटीमा छुटे भिएलएनका सञ्चालक

चीन भरपर्दाे छिमेकी : ओली

प्रधानमन्त्री केपी ओलीले हिमाल वारिपारिको कनेक्टिभिटीलाई बलियो बनाएर दुईपक्षीय सहकार्य अघि बढाउने बताएका छन् । मंगलबार साँझ बेइजिङ पुगेलगत्तै दूतावासले गरेको सम्मान कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।

चीन भरपर्दाे छिमेकी : ओली

‘संविधान बनाउँदा पार्टी हेर्न भ्याइनँ’

कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान निर्माण र कार्यान्वयन प्राथमिकतामा परेकाले पार्टीमा ध्यान दिन नसकेको स्विकारेका छन् । हेटौंडामा मंगलबारदेखि सुरु भएको जिल्ला सभापतिको राष्ट्रिय भेलाको उद्घाटन सत्रमा बोल्दै उनले कतिपय विषय ‘अतिरञ्जित र अशोभनीय ढंग’ ले पनि उठ्ने गरेको तर्क गरे ।

‘संविधान बनाउँदा पार्टी हेर्न भ्याइनँ’

राप्रपा एकीकरण प्रयास सुरु

एकीकरणलगत्तै टुक्रिएका राप्रपा र राप्रपा (प्रजातान्त्रिक) बीच एकीकरण प्रयास सुरु भएको छ । पार्टी एकीकरणबारे छलफल गर्न गठित वार्ता टोलीको बैठक मंगलबार बसेको छ ।

राप्रपा एकीकरण प्रयास सुरु

गाउँ डुल्दै चित्रबहादुर

मुलुकले संघीयता धान्दैन भन्दै फरक मत राख्ने जनमोर्चाका नेता चित्रबहादुर केसी संसद् बाहिरै छन् । फुर्सदिला बनेपछि उनी गृहजिल्ला बागलुङमा संगठन सुदृढीकरण अभियानमा जुटेका छन् ।

गाउँ डुल्दै चित्रबहादुर

बाबुद्वारा बलात्कृत

बढैयाताल—८ मा एक बाबुले छोरीलाई बलात्कार गरेकाे अभियोगमा पक्राउ परेका छन् । ६३ वर्षीय बाबुले  १९ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

बाबुद्वारा बलात्कृत

दशगजामा बाक्लो वस्ती

भारतसँग जोडिएको पूर्वी मोरङको सिक्टी नाकाको दशगजामा बाक्लो वस्ती छ । त्यहाँ नेपाल र भारत छुट्याउने १६० नम्बरको सीमा स्तम्भ वस्तीको बीचमा छ । वस्तीका अधिकांश टहरामा पसल राखिएको छ ।

दशगजामा बाक्लो वस्ती

महिलालाई तेजाब छर्कने प्रहरी धरौटीमा रिहा

एक महिलालाई तेजाब छर्किएको अभियोगमा पक्राउ परेका ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँलाई उच्च अदालत हेटौंडाले धरौटीमा रिहा गरेको छ । 

महिलालाई तेजाब छर्कने प्रहरी धरौटीमा रिहा

हिउँचितुवा अनुसन्धानको दुई करोड फ्रिज हुँदै

कञ्चनजंघाको खम्बाचेनमा हिउँचितुवा अनुसन्धान केन्द्र स्थापनाका लागि विनियोजित सवा दुई करोड रुपैयाँ खर्च गर्न नसकेको वन तथा वातावरण मन्त्रालयले अन्नपूर्ण र शे-फोक्सुन्डो भू-परिधीय क्षेत्रमा पनि केन्द्र खोल्ने नीति सार्वजनिक गरेको छ ।

हिउँचितुवा अनुसन्धानको दुई करोड फ्रिज हुँदै

डा. देवकोटालाई उनकै अस्पतालको प्रा‌ंगणमा अन्तिम श्रद्धासुमन (तस्बिरहरु)

सोमबार निधन भएका प्रख्यात स्नायु शल्यचिकित्सक प्रा.डा. उपेन्द्र देवकोटालाई उनी आफैंले स्थापना गरेको अस्पतालमा अन्तिम श्रद्धाञ्जली दिइँदै छ । केही समयदेखि पित्त नलीको क्यान्सरबाट पीडित ६५ वर्षीय देवकोटाको उपचारका क्रममा सोमबार साँझ ५.३५ बजे बाँसबारीस्थित न्यूरो अस्पतालमा नै निधन भएको थियो ।

डा. देवकोटालाई उनकै अस्पतालको प्रा‌ंगणमा अन्तिम श्रद्धासुमन (तस्बिरहरु)

डा. देवकोटाको शोकमा अमरज्योति स्कुल बन्द

प्रख्यात स्नायु शल्यचिकित्सक प्रा.डा. उपेन्द्र देवकोटाको मृत्युको शोकमा मंगलबार उनले अध्ययन गरेको पालुङटार नगरपालिका–४ स्थित अमर ज्योति जनता मावि लुइँटेलको पठनपाठन बन्द गरिएको छ ।

डा. देवकोटाको शोकमा अमरज्योति स्कुल बन्द

कार्यवाहक प्रधानमन्त्रीमा पोखरेल

प्रधानमन्त्री केपी ओलीले आफू छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्नुअघि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन् । 

कार्यवाहक प्रधानमन्त्रीमा पोखरेल

प्रधानमन्त्री ओली चीन प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणका लागि चीन तर्फ प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संघीय संसदका सभामुख कृष्णबहादुर महरा लगायत, राष्ट्रिय सभाका अध्यक्ष, सरकारका मन्त्रीहरुलगायतले बिदाई गरेका थिए । उनलाई नेपाली सेनाको एक टुकडीले विमानस्थलमा सम्मान गारद अर्पण गरेको थियो ।

प्रधानमन्त्री ओली चीन प्रस्थान

प्रधानमन्त्रीको चीन भ्रमण- नयाँदिल्ली भन्छ : नो कमेन्ट

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका सम्बन्धमा दिल्लीमा ‘रहस्यमय मौनता’ देखिएको छ । विगतमा ‘नेपाल चीनतिर ढल्कियो, केपी ओली र चीनबीच विशेष सम्बन्ध’ जस्ता शीर्षकलाई प्राथमिकतामा राख्ने भारतीय प्रमुख सञ्चार माध्यमले समेत ओलीको चीन भ्रमणका सम्बन्धमा औपचारिकता मात्र पूरा गरेको देखिन्छ ।

प्रधानमन्त्रीको चीन भ्रमण- नयाँदिल्ली भन्छ : नो कमेन्ट

एसआईपीले सुधारिए सामुदायिक विद्यालय

पाँच वर्षअघिसम्म कालीकोटको तिलागुफा नगरपालिका–१ स्थित जगनाथ आधारभूत विद्यालय नाम मात्रको थियो । शिक्षा मन्त्रालयले विद्यालय सुधार परियोजना (एसआईपी) लागू गरेपछि अहिले सबैले यो विद्यालयको तारिफ गर्न थालेका छन् ।

एसआईपीले सुधारिए सामुदायिक विद्यालय

कक्षा ११ र १२ मा याे वर्ष किन लागू हुन सकेन नयाँ पाठ्यक्रम?

कक्षा ११ र १२ का लागि तयार पारिएको राष्ट्रिय पाठ्यक्रम एक वर्ष परीक्षण गरेपछि मात्रै पूर्ण कार्यान्वयनमा ल्याइने भएको छ । नयाँ पाठ्यक्रम २०७६ को शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याइने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

कक्षा ११ र १२ मा याे वर्ष किन लागू हुन सकेन नयाँ पाठ्यक्रम?

प्रधानमन्त्री आज चीन जाँदै–‘रेलवे, पुनर्निर्माण र ऊर्जामा सम्झौता हुन्छ’

प्रधानमन्त्री केपी ओलीले चीनसँग नेपालको विकास एवं पूर्वाधार निर्माणमा सहयोग र सहकार्यको प्रस्ताव राख्ने बताएका छन् । ऊर्जा, रेलवे निर्माण र भूकम्पपछिको पुनर्निर्माणमा दुईपक्षीय सम्झौता र समझदारीमै हस्ताक्षर हुने जानकारी ओलीले दिएका छन् ।।

प्रधानमन्त्री आज चीन जाँदै–‘रेलवे, पुनर्निर्माण र ऊर्जामा सम्झौता हुन्छ’

प्रधानमन्त्रीको चीन भ्रमण- थोकमा सहकार्य होस् : विज्ञ

प्रधानमन्त्री केपी ओली ६ दिने औपचारिक भ्रमणका लागि मंगलबार उत्तरी छिमेक चीन प्रस्थान गर्दैै छन् । उनको यो भ्रमण यसअघिको जस्तो उत्साहजनक नदेखिए पनि चासो भने धेरै क्षेत्रबाट प्रकट भएको छ ।

प्रधानमन्त्रीको चीन भ्रमण- थोकमा सहकार्य होस् : विज्ञ

पीडकलाई सांकेतिक सजायमा ‘सहमति’

द्वन्द्वकालीन मुद्दामा पीडकलाई ‘सांकेतिक सजाय’ दिएर संक्रमणकालीन न्यायनिरूपण गर्ने गरी कानुन बनाउन राजनीतिक, कूटनीतिकलगायत सबै पक्ष ‘सहमत’ भएका छन् ।

पीडकलाई सांकेतिक सजायमा ‘सहमति’

विदेश भ्रमण वर्षमा तीन पटक मात्रै

सरकारले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले वर्षमा बढीमा तीन पटक मात्र विदेश भ्रमण गर्न पाउने कार्यविधि प्रस्ताव गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसलाई ‘भ्रमणलाई व्यवस्थित र मर्यादित बनाउन’ भनेको छ ।

विदेश भ्रमण वर्षमा तीन पटक मात्रै

प्रहरीमा विशिष्ट श्रेणी कटौती: ‘वृत्तिविकास खुम्चियो’

नेपाल प्रहरीमा विशिष्ट श्रेणीका एआईजीको संख्या घटाउनु ठीक थियो कि थिएन भन्ने बहस सुरु भएको छ । साताअघि मन्त्रिपरिषदको बैठकले एआईजी संख्या १६ बाट ३ मा झार्ने निर्णय गरेको हो । विशिष्ट श्रेणीको दरबन्दी कटौतीले संगठनभित्र वृत्ति विकासको अवसर खुम्च्याएको टिप्पणी केही पूर्वप्रहरी अधिकारीले गरेका छन् ।

प्रहरीमा विशिष्ट श्रेणी कटौती: ‘वृत्तिविकास खुम्चियो’

कर्मचारीकै भरमा भाषा आयोग

भाषा आयोग गठन भएको दुई वर्ष हुन लाग्यो । समयका हिसाबले यो निकै लामो हो । तर आयोगमा न सदस्य नियुक्त गरिएको छ, न कुनै नीतिगत निर्णय नै हुन सकेको छ । सदस्य नियुक्ति नहुँदा आयोगको ५ वर्षे रणनीतिक मार्गचित्र निर्माण हुन सकेको छैन ।

कर्मचारीकै भरमा भाषा आयोग